रौतहट । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईकाे निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ । डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुको भागाभाग भएको थियो।
पछिल्लो एक सातादेखि कटहरिया बजारभन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो। स्थानीय एकजना मेयर प्रत्याशीले सेटिङ मिलाएर हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाइरहेका थिए ।
डीएसपी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ़ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई देखेपछि जुवाडेलाई फाेन गरेर खबर गरेपछि उनीहरु भाग्न सफल भएको डीएसपी पासवानले बताए । उक्त स्थानबाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको उनले जानकारी दिए ।
एक सातादेखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकीसम्म कौडा जुवा भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाही र बाराका जुवाडेहरु आउनेगरेका थिए। त्यहाँ हुने कौडा जुवाबाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई कडा कारबाही हुने चेतावनी दिएका छन। उनले कटहरियामा भइरहेको जुवाबारे अनुसन्धान भइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: