Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

खबरडबली संवाददाता

रौतहट  । जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। 

जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ वस्ने ३७ वर्षीय दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० वस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। 

गौर नगरपालीका ४ वस्ने जयप्रकाश रायचनौको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट २०८० असाढ २९ गतेदेखि पटक पटक गरी बाह्र लाख ४६ हजार चार सय ४०, गौर नगरपालीका ७ वस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८ असाढ २० गतेदेखि पटक पटक गरी जम्मा पाँच लाख,

रौतहट गौर नगरपालीका २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० मंसिर २९ गते ८० हजार, चन्द्रपुर ९ वस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट २०८० मंसिर ३० गतेदेखि पटक पटक गरी ६ लाख ११ हजार दुई सय आठ रुपैयाँ सन्ताउन्न पैसा गरी ४४ लाख ३७ हजार छ सय २५ रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका थिए। 

विभिन्न काल्पनिक व्यक्तिहरूको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमति पत्र बनाई  सिमकार्डहरू निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरूमा खाताखोली मोवाइल बैंकिङमार्फत खाताको रकम अनाधिकृत रूपमा पहुँच पुर्‍याइ चोरी गरेको विषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन मिसिलसहित बिहीबार जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy