Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

३२ वर्षदेखि पर्या-पर्यटन प्रवर्द्धनमा रमाउँदै न्यौपाने

खबरडबली संवाददाता

चितवन । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुगे । उनलाई जागिरका लागि चितवन जान भनियो ।

भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई चितवन जान सक्छौँ ? भनेर सोधे । “काठमाडौँमा हुर्किएको मलाई त्यहाँको काम जनावर देखाउनुपर्छ भनियो, मलाई प्रकृतिसँगै काम गर्ने चाहना थियो, मैले स्वीकार गरेँ”, न्यौपानेले विगत सम्झँदै भने । उपाध्यायले कसैलाई भनेर आफूलाई चितवन पठाएको उनले बताए ।

“काठमाडौँमा मोटरसाइकल चढेर क्याम्पस जाने म, अब निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउन तयार भएँ”, न्यौपानेले भने । काठमाडौँको बौद्धका न्यौपानेले सन् १९८९ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको चितवन जङ्गल लजमा  एक हजार दुई सय तलबमा चेनर गाईडका रुपमा जागिर सुरु गरे ।

न्यौपानेले त्यसपश्चात् आफ्नो वाइल्डलाइफ क्यारियर सुरु भएको बताए । त्यसमा उनले १० वर्ष काम गरे । उनले भने, “त्यो बेलामा दरबारिया तथा उच्च ओहोदाका व्यक्ति, राजा, राजकुमार यहाँ घुम्न आउनुहुन्थ्यो । उहाँहरु मेघौली टाइगर टप्स जानुहुन्थ्यो । कहिलेकाहीँ चितवन जङ्गल लज तिर पनि आउनुहुन्थ्यो ।”

त्यहीँको अनुभवले उनलाई चितवन राष्ट्रिय निकुञ्जभित्रको अर्काे होटल गैँडा वाइल्डलाईफ क्याम्पको महाप्रबन्धक बनायो । यो होटलमा राजपरिवारदेखि अन्य उच्च ओहोदाका व्यक्तित्व पाहुनाका रुपमा आउने गर्दथे । न्यौपानेले महाप्रबन्धक भएर काम गर्न क्रममा पूर्व राजाहरुलाई नजिकबाट चिन्ने अवसर पाए ।उनले भने, “राजपरिवारका सदस्यसँग निकट भएर काम गर्ने अवसर मिल्यो ।” सरकारले होटल बन्द नगरेसम्म आफ्नो पर्या–पर्यटनको अनुभवलाई यही प्रयोग गरेको भन्दै यहाँ दश वर्ष काम गरेको उनले सुनाए ।

सरकारले निकुञ्जभित्रका होटल बन्द गरेपछि साथीहरुसँगको सहकार्यमा भरतपुरको जगतपुरमा जग्गा किनेर ईको वाइल्डलाईफ लज खोलेको न्यौपानेले जानकारी दिए  । उक्त लज उनले आठवर्ष सञ्चालन गरे । भूकम्प र नाकाबन्दीले नेपालमा पर्यटक कम हुन थालेपछि त्यहाँबाट बिदा लिइएको उनले बताए ।

न्यौपाने चेनर गाईडका रुपमा काम गर्दा उनले मुख्य रुचिको विषय पर्यटकलाई चरा देखाउनु थियो । सानैदेखि उनको चरामा रुचि थियो । उनले आफ्नो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरणसमेत गर्दै आएका छन् ।

न्यौपाने अहिले नाथम कलेज रवि भवनमा नेपालका वन र वन्यजन्तुका बारेमा नेचर गाईडलाई पढाउँछन् । स्नातक र स्नातकोत्तर पढ्दै गरेका उनका विद्यार्थी हुन्छन् । यिनै अनुभवले आफूलाई प्रकृतिसँगै पर्यटनसँग जोड्न सहयोग पुर्याएको उनको भनाइ थियो ।

निकुञ्जभित्रका होटल बन्द भएपछि निकुञ्जभित्रको स्वाद दिने उद्देश्यले सौराहा नजिकै कुमरोजमा सिद्धार्थ भिलासा वनबास नामक होटल उनले सञ्चालन गरेका छन् । अहिले न्यौपाने उक्त होटलको महाप्रबन्धक छन् । जीवनको तीन दशक लामो यात्रामा एक सयभन्दा बढी देशका मानिससँग सङ्गत गरेको उनले बताए ।

न्यौपानेले भने, “त्यतिबेला प्रविधि नभएकाले परिचित सबैसँग अहिले सम्पर्क हुन सकेको छैन । आफ्नो तीन दशकको जीवनअवधिमा एक सय बढी देशका व्यक्तिसँग सङ्गत गरेको छु ।” पछिल्ला दिनमा सामाजिक सञ्जालबाट धेरैसँग जोडिने प्रयास भइरहेको उनले बताए ।

विश्वका धेरै देश आफू स्वयं पुगेको बताउँदै न्यौपानेले आफ्नो जीवनभर पर्या–पर्यटनसँग जोडेर काम गर्ने योजना रहेको सुनाए । पर्यटन क्षेत्रमा व्यवस्थापकीय पाटो महत्त्वपूर्ण हुने उनको अनुभव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending