Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

३२ वर्षदेखि पर्या-पर्यटन प्रवर्द्धनमा रमाउँदै न्यौपाने

खबरडबली संवाददाता

चितवन । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुगे । उनलाई जागिरका लागि चितवन जान भनियो ।

भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई चितवन जान सक्छौँ ? भनेर सोधे । “काठमाडौँमा हुर्किएको मलाई त्यहाँको काम जनावर देखाउनुपर्छ भनियो, मलाई प्रकृतिसँगै काम गर्ने चाहना थियो, मैले स्वीकार गरेँ”, न्यौपानेले विगत सम्झँदै भने । उपाध्यायले कसैलाई भनेर आफूलाई चितवन पठाएको उनले बताए ।

“काठमाडौँमा मोटरसाइकल चढेर क्याम्पस जाने म, अब निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउन तयार भएँ”, न्यौपानेले भने । काठमाडौँको बौद्धका न्यौपानेले सन् १९८९ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको चितवन जङ्गल लजमा  एक हजार दुई सय तलबमा चेनर गाईडका रुपमा जागिर सुरु गरे ।

न्यौपानेले त्यसपश्चात् आफ्नो वाइल्डलाइफ क्यारियर सुरु भएको बताए । त्यसमा उनले १० वर्ष काम गरे । उनले भने, “त्यो बेलामा दरबारिया तथा उच्च ओहोदाका व्यक्ति, राजा, राजकुमार यहाँ घुम्न आउनुहुन्थ्यो । उहाँहरु मेघौली टाइगर टप्स जानुहुन्थ्यो । कहिलेकाहीँ चितवन जङ्गल लज तिर पनि आउनुहुन्थ्यो ।”

त्यहीँको अनुभवले उनलाई चितवन राष्ट्रिय निकुञ्जभित्रको अर्काे होटल गैँडा वाइल्डलाईफ क्याम्पको महाप्रबन्धक बनायो । यो होटलमा राजपरिवारदेखि अन्य उच्च ओहोदाका व्यक्तित्व पाहुनाका रुपमा आउने गर्दथे । न्यौपानेले महाप्रबन्धक भएर काम गर्न क्रममा पूर्व राजाहरुलाई नजिकबाट चिन्ने अवसर पाए ।उनले भने, “राजपरिवारका सदस्यसँग निकट भएर काम गर्ने अवसर मिल्यो ।” सरकारले होटल बन्द नगरेसम्म आफ्नो पर्या–पर्यटनको अनुभवलाई यही प्रयोग गरेको भन्दै यहाँ दश वर्ष काम गरेको उनले सुनाए ।

सरकारले निकुञ्जभित्रका होटल बन्द गरेपछि साथीहरुसँगको सहकार्यमा भरतपुरको जगतपुरमा जग्गा किनेर ईको वाइल्डलाईफ लज खोलेको न्यौपानेले जानकारी दिए  । उक्त लज उनले आठवर्ष सञ्चालन गरे । भूकम्प र नाकाबन्दीले नेपालमा पर्यटक कम हुन थालेपछि त्यहाँबाट बिदा लिइएको उनले बताए ।

न्यौपाने चेनर गाईडका रुपमा काम गर्दा उनले मुख्य रुचिको विषय पर्यटकलाई चरा देखाउनु थियो । सानैदेखि उनको चरामा रुचि थियो । उनले आफ्नो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरणसमेत गर्दै आएका छन् ।

न्यौपाने अहिले नाथम कलेज रवि भवनमा नेपालका वन र वन्यजन्तुका बारेमा नेचर गाईडलाई पढाउँछन् । स्नातक र स्नातकोत्तर पढ्दै गरेका उनका विद्यार्थी हुन्छन् । यिनै अनुभवले आफूलाई प्रकृतिसँगै पर्यटनसँग जोड्न सहयोग पुर्याएको उनको भनाइ थियो ।

निकुञ्जभित्रका होटल बन्द भएपछि निकुञ्जभित्रको स्वाद दिने उद्देश्यले सौराहा नजिकै कुमरोजमा सिद्धार्थ भिलासा वनबास नामक होटल उनले सञ्चालन गरेका छन् । अहिले न्यौपाने उक्त होटलको महाप्रबन्धक छन् । जीवनको तीन दशक लामो यात्रामा एक सयभन्दा बढी देशका मानिससँग सङ्गत गरेको उनले बताए ।

न्यौपानेले भने, “त्यतिबेला प्रविधि नभएकाले परिचित सबैसँग अहिले सम्पर्क हुन सकेको छैन । आफ्नो तीन दशकको जीवनअवधिमा एक सय बढी देशका व्यक्तिसँग सङ्गत गरेको छु ।” पछिल्ला दिनमा सामाजिक सञ्जालबाट धेरैसँग जोडिने प्रयास भइरहेको उनले बताए ।

विश्वका धेरै देश आफू स्वयं पुगेको बताउँदै न्यौपानेले आफ्नो जीवनभर पर्या–पर्यटनसँग जोडेर काम गर्ने योजना रहेको सुनाए । पर्यटन क्षेत्रमा व्यवस्थापकीय पाटो महत्त्वपूर्ण हुने उनको अनुभव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending