Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

खबरडबली संवाददाता

इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो । 

माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताए । “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,” उनले भने, “व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।” 

माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएका छन् । “भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ”, उनले भने, “कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ ।” खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन्। “उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,” उनले भने ।

झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ । “इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,” उनले  भने, “यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ ।” 

इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताए । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको उनले बताए । “विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ,” किसान  खड्काले भने । 

चिकित्सकका अनुसार यो भिटामिन र मिनिरल्सको राम्रो स्रोत हो । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन् । उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताए । यदि धेरै घाम लाग्ने ठाउँ छभने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ । “यसका लागि हल्का बलौटेदेखि दोमट माटो उपयुक्त हुन्छ । प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ । माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरी प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ”, उनले भने । 

यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने उनको सुझाव छ । ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् ।

छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भइसकेको छैन । तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताए। बजारको उचित व्यवस्था गरी  किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending