Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

ढल्यो घरको खम्बा, अस्तायो बुढेसकालको साहरा

बेसहारा भए भाइबहिनी

खबरडबली संवाददाता

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ का  भक्त राउतको मृत्यु भएको एक वर्ष बित्न नपाउँदै प्रहरीको लाठीप्रहारबाट उनका छोरा सुजन  राउतको पनि मृत्यु भयो । यो खबरले देलेखलाई मात्र हैन देशलाई दुखेको छ । 

यतिमात्र हैन अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा २२ वर्षीय वीरेन्द्र शाह पनि प्रहरीको लाठी प्रहारबाटै ढले । पढाइमासमेत अब्बल भएका शाहले विदेश जाने बेला बुवाआमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर काठमाडौं आएका थिए तर, आज उनी कहिल्यै नफर्कीने गरी अस्ताए  ।

सरकारले मुलुकभित्रै रोजगारीको प्रबन्ध गर्न सकेकोे भए आज यी युवाहरुको अनाहकमा ज्यान जाने थएन । 

बाबुको काजकिरीयाको ऋण र भाइबहिनीलाई पढाउने सपना मात्रै

गत वर्ष दैलेखको महाबु गाउँपालिका–६ का ४५ वर्षीय भक्त राउत काम गर्दागर्दै अचानक ढले । तत्कालै जिल्ला अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गर्यो । उनी उच्च रक्तचापले ढलेका रहेछन् । 

यो गत वर्ष (२०७९) को कुरा हो ।  भक्तबहादुरको गाउँमै सानो भाँडापसल थियो । उनी बितेपछि श्रीमती नन्दाको टाउकोमा आइपुग्यो परिवारको सबै दायित्व । श्रीमानको निधनले विक्षिप्त भएकी उनीसँग २२ वर्षीय जेठा छोराको मुख हेरेर चित्त बुझाउनुको अर्को विकल्प थिएन । उनका अरु छोराछोरी सानै छन् । 

परिवारको दायित्व जेठा छोरा सुजनको थाप्लोमा आयो । त्यसपछि उनी रोजगारीको लािग काठमाडौं सम्म भौँतारीए । काठमाडौंमा भने जस्तो रोजगारी र पाएको रोजगारीबाट परिवार धान्न धौधौ परिरहेको अवस्थामा उनले कोरिया जाने सोच बनाएर भाषा परीक्षा पढ्न थाले । उनको साथमा काकाका छोराहरु पनि काठमाडौं आएका थिए ।

गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन नपाएका उनी अब कहिल्यै कोरिया जाने छैनन् ।
भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो । सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी भए ।

प्रहरीसँगको मुठभेडमा उनीमाथि लाठी बज्रियो । छातीमै लाठी प्रहार भएका उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुसी दिने उनको सपना सँधैका लागि सपना नै रह्यो ।

सुजनको कोरिया सपना बिलाए सँगै परिवारको एक मात्र आशाको दियो निभेको छ । उनकी विधवा आमा नन्दाको बुढेसकालको खम्बा कहिल्यै नउठ्ने गरी ढलेको छ । कलिला भाइबहिनीको सहारा भत्किएको छ । साथीहरुको साथ टुटेको छ । गाउँ नै अँध्यारो भएको छ ।
पढाइमा सानैदेखि जेहेन्दार सुजन पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

प्यरालाइसिस भएका बुवाको बुढेसकालको भरोसा कोरिया पुग्ने सपनासँगै ढल्यो 

अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोराका रुपमा जन्मीएका  वीरेन्द्र शाह कोरिया पुग्ने सपनासँगै  अस्ताए । 

२३ वर्षीय वीरेन्द्र दसैंमा घर पुगे वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर काठमाडौं फर्केका उनी बिदेश जाने सपना सँगै कहिल्यै नउठ्ने गरी ढले । शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना बोकेर २ वर्षअघि उनी काठमाडौं आएका थिए ।

सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेका थिए । गाउँमै बसेर जागिर गर्ने भनेर नै भेटेनरी जेटिए पढेका शाह आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएका उनका छिमेकी हजुरबुवा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहले बताए ।

वीरेन्द्रका दाई लामो समयदेखि सपरिवारसहित भारतमा रहेका कारण पनि उनी बृद्ध आमाबावुका साहराका रुपमा रहेका थिए । वीरेन्द्रका बुवालाई हातमा प्यारालाइसिस भएको धेरै भइसक्यो । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले शाह परिवारमा सम्हालिन कठिन भएको छ । आमा बेहोस भएकी छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending