Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ढल्यो घरको खम्बा, अस्तायो बुढेसकालको साहरा

बेसहारा भए भाइबहिनी

खबरडबली संवाददाता

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ का  भक्त राउतको मृत्यु भएको एक वर्ष बित्न नपाउँदै प्रहरीको लाठीप्रहारबाट उनका छोरा सुजन  राउतको पनि मृत्यु भयो । यो खबरले देलेखलाई मात्र हैन देशलाई दुखेको छ । 

यतिमात्र हैन अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा २२ वर्षीय वीरेन्द्र शाह पनि प्रहरीको लाठी प्रहारबाटै ढले । पढाइमासमेत अब्बल भएका शाहले विदेश जाने बेला बुवाआमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर काठमाडौं आएका थिए तर, आज उनी कहिल्यै नफर्कीने गरी अस्ताए  ।

सरकारले मुलुकभित्रै रोजगारीको प्रबन्ध गर्न सकेकोे भए आज यी युवाहरुको अनाहकमा ज्यान जाने थएन । 

बाबुको काजकिरीयाको ऋण र भाइबहिनीलाई पढाउने सपना मात्रै

गत वर्ष दैलेखको महाबु गाउँपालिका–६ का ४५ वर्षीय भक्त राउत काम गर्दागर्दै अचानक ढले । तत्कालै जिल्ला अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गर्यो । उनी उच्च रक्तचापले ढलेका रहेछन् । 

यो गत वर्ष (२०७९) को कुरा हो ।  भक्तबहादुरको गाउँमै सानो भाँडापसल थियो । उनी बितेपछि श्रीमती नन्दाको टाउकोमा आइपुग्यो परिवारको सबै दायित्व । श्रीमानको निधनले विक्षिप्त भएकी उनीसँग २२ वर्षीय जेठा छोराको मुख हेरेर चित्त बुझाउनुको अर्को विकल्प थिएन । उनका अरु छोराछोरी सानै छन् । 

परिवारको दायित्व जेठा छोरा सुजनको थाप्लोमा आयो । त्यसपछि उनी रोजगारीको लािग काठमाडौं सम्म भौँतारीए । काठमाडौंमा भने जस्तो रोजगारी र पाएको रोजगारीबाट परिवार धान्न धौधौ परिरहेको अवस्थामा उनले कोरिया जाने सोच बनाएर भाषा परीक्षा पढ्न थाले । उनको साथमा काकाका छोराहरु पनि काठमाडौं आएका थिए ।

गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन नपाएका उनी अब कहिल्यै कोरिया जाने छैनन् ।
भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो । सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी भए ।

प्रहरीसँगको मुठभेडमा उनीमाथि लाठी बज्रियो । छातीमै लाठी प्रहार भएका उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुसी दिने उनको सपना सँधैका लागि सपना नै रह्यो ।

सुजनको कोरिया सपना बिलाए सँगै परिवारको एक मात्र आशाको दियो निभेको छ । उनकी विधवा आमा नन्दाको बुढेसकालको खम्बा कहिल्यै नउठ्ने गरी ढलेको छ । कलिला भाइबहिनीको सहारा भत्किएको छ । साथीहरुको साथ टुटेको छ । गाउँ नै अँध्यारो भएको छ ।
पढाइमा सानैदेखि जेहेन्दार सुजन पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

प्यरालाइसिस भएका बुवाको बुढेसकालको भरोसा कोरिया पुग्ने सपनासँगै ढल्यो 

अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोराका रुपमा जन्मीएका  वीरेन्द्र शाह कोरिया पुग्ने सपनासँगै  अस्ताए । 

२३ वर्षीय वीरेन्द्र दसैंमा घर पुगे वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर काठमाडौं फर्केका उनी बिदेश जाने सपना सँगै कहिल्यै नउठ्ने गरी ढले । शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना बोकेर २ वर्षअघि उनी काठमाडौं आएका थिए ।

सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेका थिए । गाउँमै बसेर जागिर गर्ने भनेर नै भेटेनरी जेटिए पढेका शाह आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएका उनका छिमेकी हजुरबुवा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहले बताए ।

वीरेन्द्रका दाई लामो समयदेखि सपरिवारसहित भारतमा रहेका कारण पनि उनी बृद्ध आमाबावुका साहराका रुपमा रहेका थिए । वीरेन्द्रका बुवालाई हातमा प्यारालाइसिस भएको धेरै भइसक्यो । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले शाह परिवारमा सम्हालिन कठिन भएको छ । आमा बेहोस भएकी छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending