काठमाडौँ । सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अबेरसम्म संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा हुने सहसचिवहरूको सूची टुङ्गो लगाएको हो ।
मन्त्री अनिता देवी साहको कार्यकक्षमा सचिव तथा प्रशासन महाशाखा प्रमुखलगायत टिमले घण्टौँ लामो छलफलपछि एक चरणमा टुङ्ग्याएको बताइएको छ ।
बिहीबारसम्म दुई दर्जन जति हुन सक्ने भनिएकोमा सबैतिरबाट कलेक्सन गरिएको सूची मिलाउँदा तीन दर्जन जतिमा टुङ्ग्याइएको जानकारी मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालय स्रोतका अनुसार आधा दर्जन जति संघीय मन्त्रालयका सहसचिवहरू संघीय मन्त्रालयहरूतिर मिलान गरिएको छ भने बाँकी प्रदेश र स्थानीयका रहेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रदेश जाने र प्रदेशबाट संघमा आउनेको सूची तयार भएको छ ।
सूचीमा समावेश नामावलीहरुमध्ये दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी गृहबाट बाहिरिने छन् भने संघीय मन्त्रालयका दुई सहसचिव गृह प्रवेश गर्दैछन् । त्यसैगरी कर्णाली प्रदेशबाट एक सहसचिव संघीय आयोगमा आउने स्रोतले जनायो ।
प्राविधिकतर्फ प्रदेशबाट संघमा आउनेहरूको हकमा खासै विवाद नभए पनि प्रदेशतिर पठाउनेहरूको हकमा सूचीमा समावेश नामावलीहरू फेरबदल हुन सक्ने देखिन्छ । जसमा संघीय मन्त्रालयकै हकमा पनि प्रधानमन्त्रीको कार्यालय तथा मुख्यसचिवबाट नामावली थपघट तथा परिवर्तन हुने सम्भावना रहेको स्रोत बताउँछ ।
मन्त्रालयले मन्त्रीसमेतबाट राखेर सूची तयार गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएपछि केही थपघट हुन सक्नेछन् । यही सूची नै सदर भएको अवस्थामा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरुवा निर्णय हुने छ तर मुख्यसचिवले सूची हेरफेर गरेर ल्याउन लगाएको अवस्थामा थप केही लाग्न सक्ने बताइएको छ ।
पछिल्लो समय कर्मचारीको सरुवामै सबैभन्दा ठूलो गलफती चल्ने गरेको छ । यतिसम्मकी मन्त्रालयले नै आफ्नो अगाडीको नाम संघीय मामिला बिर्सेर सरुवा मन्त्रालयका रूपमा मात्रै ठान्दा ९० प्रतिशत जति काम सरुवामै केन्द्रित रहेको एक सहसचिव बताउँछन् ।
मन्त्रालयमा आउने मन्त्री–सचिवको ९० प्रतिशत जति दिमागै सरुवामा केन्द्रित देखिने गरेको उनले बताए । १० प्रतिशतमा सीमित हुनुपर्ने सरुवा ९० मा गएपछि संघीय मामिला भन्ने नामनै गुमनाम जस्तो भएको उनको भनाइ छ ।
कर्मचारीको अभिभावक मन्त्रालयका हिसाबले सरुवा व्यवस्थापन सामान्यकै जिम्मामा भएको र आवश्यकता अनुसार जतिबेला पनि मिलान गर्नु स्वाभाविकै भए पनि पछिल्ला दिनहरूमा बिग्रेकोलाई मिलाउने भन्दा मिलिरहेकोलाई बिगार्नेतिर उद्यत देखिन्छ । विशेष गरी स्थानीय तहहरू मन्त्रालयको यो कार्यबाट आजित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: