Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कर्मचारी सरुवाले आजित स्थानीय तह, तीन दर्जन सहसचिव सरुवाको लिष्टमा

खबरडबली संवाददाता

काठमाडौँ । सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अबेरसम्म संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा हुने सहसचिवहरूको सूची टुङ्गो लगाएको हो । 

मन्त्री अनिता देवी साहको कार्यकक्षमा सचिव तथा प्रशासन महाशाखा प्रमुखलगायत टिमले घण्टौँ लामो छलफलपछि एक चरणमा टुङ्ग्याएको बताइएको छ । 

बिहीबारसम्म दुई दर्जन जति हुन सक्ने भनिएकोमा सबैतिरबाट कलेक्सन गरिएको सूची मिलाउँदा तीन दर्जन जतिमा टुङ्ग्याइएको जानकारी मन्त्रालय स्रोतले बतायो । 

मन्त्रालय स्रोतका अनुसार आधा दर्जन जति संघीय मन्त्रालयका सहसचिवहरू संघीय मन्त्रालयहरूतिर मिलान गरिएको छ भने बाँकी प्रदेश र स्थानीयका रहेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रदेश जाने र प्रदेशबाट संघमा आउनेको सूची तयार भएको  छ । 

सूचीमा समावेश नामावलीहरुमध्ये दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी गृहबाट बाहिरिने छन् भने संघीय मन्त्रालयका दुई सहसचिव गृह प्रवेश गर्दैछन् । त्यसैगरी कर्णाली प्रदेशबाट एक सहसचिव संघीय आयोगमा आउने स्रोतले जनायो ।

प्राविधिकतर्फ प्रदेशबाट संघमा आउनेहरूको हकमा खासै विवाद नभए पनि प्रदेशतिर पठाउनेहरूको हकमा सूचीमा समावेश नामावलीहरू फेरबदल हुन सक्ने देखिन्छ । जसमा संघीय मन्त्रालयकै हकमा पनि प्रधानमन्त्रीको कार्यालय तथा मुख्यसचिवबाट नामावली थपघट तथा परिवर्तन हुने सम्भावना रहेको स्रोत बताउँछ । 

मन्त्रालयले मन्त्रीसमेतबाट राखेर सूची तयार गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएपछि केही थपघट हुन सक्नेछन् । यही सूची नै सदर भएको अवस्थामा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरुवा निर्णय हुने छ तर मुख्यसचिवले सूची हेरफेर गरेर ल्याउन लगाएको अवस्थामा थप केही लाग्न सक्ने  बताइएको छ । 

पछिल्लो समय कर्मचारीको सरुवामै सबैभन्दा ठूलो गलफती चल्ने गरेको छ । यतिसम्मकी मन्त्रालयले नै आफ्नो अगाडीको नाम संघीय मामिला बिर्सेर सरुवा मन्त्रालयका रूपमा मात्रै ठान्दा ९० प्रतिशत जति काम सरुवामै केन्द्रित रहेको एक सहसचिव बताउँछन् ।

मन्त्रालयमा आउने मन्त्री–सचिवको ९० प्रतिशत जति दिमागै सरुवामा केन्द्रित देखिने गरेको उनले बताए । १० प्रतिशतमा सीमित हुनुपर्ने सरुवा ९० मा गएपछि संघीय मामिला भन्ने नामनै गुमनाम जस्तो भएको उनको भनाइ छ ।

कर्मचारीको अभिभावक मन्त्रालयका हिसाबले सरुवा व्यवस्थापन सामान्यकै जिम्मामा भएको र आवश्यकता अनुसार जतिबेला पनि मिलान गर्नु स्वाभाविकै भए पनि पछिल्ला दिनहरूमा बिग्रेकोलाई मिलाउने भन्दा मिलिरहेकोलाई बिगार्नेतिर उद्यत देखिन्छ । विशेष गरी स्थानीय तहहरू मन्त्रालयको यो कार्यबाट आजित भएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending