काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१, सिउँडीका ६० वर्षका टेकबहादुर शाह ठकुरीको एक पाखो शरीर चल्दैन । शरीरको एक भागमा प्यारालाइसिस भएर थन्किएका छन् उनी ।
टेकबहादुरका लागि बुढेसकालको भरोसा थिए, कान्छा छोरा वीरेन्द्र । उनका दाइ भारतमा मजदुरी गर्छन् ।
२३ वर्षीय वीरेन्द्रको सपना भने कोरिया जाने थियो । कोरिया गएर पैसा कमाउने अनि प्यारालाइसिस भएका बुवाको उपचार गर्ने उनको चाहना थियो । तर। त्यो अब कहिल्यै पुरा नहुने भयो ।
आफ्नो सपना पुरा गर्ने संर्घषको लागि उनी काठमाडौंमा भाषा परीक्षा पढ्न थाले । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं आएका थिए । गत दशैंमा उनी काठमाडौंबाट घर गए । वृद्ध अवस्थाका बुवा आमासँग आफू विदेश जाने भन्दै काठमाडौं फर्किए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर उनै वीरेन्द्रको मृत्यु भयो । प्यारालाइसिस भएर ओछ्यानमा थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको साहरा भाँचियो ।
गाउँ र स्वदेशमा सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएको एउटा युवा कहिल्यै नआउने गरी अस्तायो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था नहुँदा कोरियन भाषा सिकेको वीरेन्द्र कोरिया गएर बुबाको उपचार गर्छु भन्थ्यो तर आज उ आफैँ बिलायो ।
दुःखै गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले बुबा आमाले आफू लाई सम्हाल्न सकेका छैनन् । पढाइमासमेत अब्बल भएका वीरेन्द्रले आफू विदेश उड्ने बेला आमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर काठमाडौं आएका थिए । तर, उनी कोरिया जाने परीक्षामा फर्म भर्न पाउने र्संघर्ष गर्दागर्दै बालकुमारी मै बिलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: