Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, केन्द्रिय सदस्यहरुले धारणा राख्ने

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहिवा, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

हिजोको बैठकले बालकुमारीमा प्रहरीको गोलीबाट दुई नागरिकको हत्याको सबन्धमा छानबिनको माग गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर  ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति  गम्भीर ध्यानाकृष्ट भएको जनाएको थियो। 

कांग्रेसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
`बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानूनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछ` सो बैठकको निर्णयमा भनिएको छ ।

साथ‌ै,  पौष १२ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु मध्य अर्थ मन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एन.पी. साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।

सो बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशिला थिङ, रुपा वि.क., डा. जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले आ-आफ्नो धारणा राखेका थिए।

साथ‌ै,  प्रदेश सभापतिहरू मध्ये उद्धव थापा (कोशी प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending