बनेपा । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताएका छान् । काठमाडौँ विश्वविद्यालयले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा डा भट्टराईले यस्तो बताएका हुन् ।
उनले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताए । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली गर्नेभन्दा पनि सिर्जनशीलतामा लाग्नुपर्ने उनकाके भनाइ छ ।
नेपालको विकास नहुनुमा राजनीतिक र लोकतान्त्रिक व्यवस्था स्थिरता नहुनु मुख्य दोष भएको उल्लेख गर्दै डा भट्टराईले राजनीतिक क्रान्ति गरेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा गर्व गर्नुपर्ने बताए।
यसैगरी सोही अवसरमा पूर्व अर्थमन्त्री सुरन्द्र पाण्डेले नेपालमा सबैभन्दा ठूलो उद्योग शिक्षा क्षेत्र भएको बताउँदै प्रगतिका लागि शैक्षिक प्रतिष्ठानहरू स्थापना हुनुपर्ने बताए । विश्वविद्यालयहरूले आफ्नो गुणस्तरलाई स्तरोउन्नती गर्न आवश्यक रहेको बताउँदै उनले क्रियाशिल भएर बजार विस्तार गर्न विश्वविद्यालयहरूलाई सुझाव दिए ।
अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले नीतिगत समस्याकै कारण आर्थिक क्रान्तितर्फ देश अघि बढ्न नसकेको टिप्पणी गरे । उनले औद्योगिक क्रान्तिबिना आर्थिक क्रान्ति नहुने भएकाले औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने र उद्योगीहरूको मनोबल विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले काठमाडौं विश्वविद्यालयमा हुने पढाइको विषयमा प्रचार गर्न सिङ्गो टिम लागिरहेको जानकारी दिएए । उनले विद्यार्थी भर्नाका लागि दबाब आउने तर जनशक्ति चाहियो भनेर कहिल्यै कसैले नसोध्ने प्रवृत्ति बलल्नुपर्नेमा जोड दिए ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले एकेडेमिय इन्डष्ट्रिको रुपमा विश्वविद्यालयभित्र मात्रै नभएर राजनीतिक दलका घोषणापत्रमा पनि लेखिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: