Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

खबरडबली संवाददाता

काठमाडौं  । ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।  शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ ।

‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ । यसपटक तमु गुरुङ समुदायले ’हिल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ । 

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष ’हिल्हो’ (बिरालो वर्ग) को वर्ष थियो भने यस वर्ष मि–ल्हो (गिद्ध) को रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् ।

यस वर्ष ’हिल्हो’ (बिरालो) को शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ । हरेक वर्षझैँ यस वर्ष पनि गिद्ध (मि–ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पुरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरूद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरिने छ ।

बुद्धिष्ट समुदायले बडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि ऐतिहासिक दस्ताबेजका अनुसार भगवान् बुद्धको पृथ्वीमा भएको आगमन अगावै मनाइने गरिएको प्रमाण भेटिएका छन् ।

बुद्धको आगमन अगावै पनि यस समुदायका व्यक्तिहरू अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरूले सुगन्धित अगरबत्ती÷धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरूमा उल्लेखित छन् ।

तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरूका अनुसार तमुका पुर्खाहरू छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समुदायका रूपमा चिनिन्छन् ।

प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको प्रसङ्ग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्।

यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ । गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्च पहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ ।

कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो । यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ।

ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परम क्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ । यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्याउनेछ ।
तमु ल्होसार गुरुङ समुदायको ऐतिहासिक, सांस्कृतिक र पहिचानसँग गाँसिएको सबैभन्दा ठुलो पर्व हो । यसले गुरुङ समुदायको बहु आयामिक पक्षलाई प्रस्तुत गर्दछ । भाषा, खानपान, पोसाक, सङ्गीत, नृत्य लगायत यस कारण यसलाई गुरुङको ‘जीवन्त संस्कृतिको मेला’ भन्न सकिन्छ ।

यो पर्वले गुरुङ समुदायभित्रको सामाजिक–सांस्कृतिक एकतालाई पनि मजबुत पार्दछ । सबै उमेर समूहका मानिसहरू एकसाथ खुसी भई यो पर्व मनाउँदा परस्पर सद्भाव बढ्दछ र पारिवारिक तथा सामाजिक आबद्धता बलियो हुन्छ। यस पर्वमा आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ ।

यसले माइती र चेलीबिचको सम्बन्धलाई मजबुत बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन् । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।

पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनेको छ। यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन्।

गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, सङ्गठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ । तर यो महत्वपूर्ण पर्वलाई व्यवस्थित रूपमा मनाउनु पनि जरुरी छ । पछिल्ला वर्षहरूमा केही हदसम्म भड्किलो र खर्चिलो हुँदै गएको देखिन्छ । यसले गर्दा ठुलो संख्यामा गुरुङ युवाहरू सहर तर्फ झरिरहेका छन् । त्यस कारण गुरुङ समुदायले यस पर्वलाई कसरी स्तरोन्नति गर्दै लैजाने भन्नेबारे गम्भीर अनुमान गर्नुपर्दछ ।

मेरो व्यक्तिगत धारणा छ कि यो पर्वलाई थप व्यवस्थित, सहभागितामूलक र उत्सवमूलक बनाउन सकिन्छ ।

यसका लागि केही सुझावहरू यस्ता छनः
– सामूहिक रूपमा पर्व मनाउने तर व्यक्तिगत खर्च कम गर्ने
– सहभागितामूलक सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने
– परम्परागत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने
– गुरुङ संस्कृतिसँग सम्बन्धित प्रदर्शनी तथा मेलाहरू गर्ने

यस्ता कार्यक्रमहरूले युवा पुस्ताको रुचि बढाउन सक्छ र पर्वलाई सुसंस्कृत बनाउन मद्दत पुग्न सक्छ । अन्त्यमा, यो पर्व गुरुङ सभ्यता र संस्कृतिको प्रतीक हो, यसको संरक्षण र विकास हाम्रो साझा जिम्मेवारी हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending