Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

खबरडबली संवाददाता

काठमाडौं  । ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।  शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ ।

‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ । यसपटक तमु गुरुङ समुदायले ’हिल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ । 

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष ’हिल्हो’ (बिरालो वर्ग) को वर्ष थियो भने यस वर्ष मि–ल्हो (गिद्ध) को रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् ।

यस वर्ष ’हिल्हो’ (बिरालो) को शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ । हरेक वर्षझैँ यस वर्ष पनि गिद्ध (मि–ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पुरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरूद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरिने छ ।

बुद्धिष्ट समुदायले बडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि ऐतिहासिक दस्ताबेजका अनुसार भगवान् बुद्धको पृथ्वीमा भएको आगमन अगावै मनाइने गरिएको प्रमाण भेटिएका छन् ।

बुद्धको आगमन अगावै पनि यस समुदायका व्यक्तिहरू अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरूले सुगन्धित अगरबत्ती÷धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरूमा उल्लेखित छन् ।

तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरूका अनुसार तमुका पुर्खाहरू छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समुदायका रूपमा चिनिन्छन् ।

प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको प्रसङ्ग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्।

यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ । गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्च पहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ ।

कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो । यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ।

ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परम क्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ । यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्याउनेछ ।
तमु ल्होसार गुरुङ समुदायको ऐतिहासिक, सांस्कृतिक र पहिचानसँग गाँसिएको सबैभन्दा ठुलो पर्व हो । यसले गुरुङ समुदायको बहु आयामिक पक्षलाई प्रस्तुत गर्दछ । भाषा, खानपान, पोसाक, सङ्गीत, नृत्य लगायत यस कारण यसलाई गुरुङको ‘जीवन्त संस्कृतिको मेला’ भन्न सकिन्छ ।

यो पर्वले गुरुङ समुदायभित्रको सामाजिक–सांस्कृतिक एकतालाई पनि मजबुत पार्दछ । सबै उमेर समूहका मानिसहरू एकसाथ खुसी भई यो पर्व मनाउँदा परस्पर सद्भाव बढ्दछ र पारिवारिक तथा सामाजिक आबद्धता बलियो हुन्छ। यस पर्वमा आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ ।

यसले माइती र चेलीबिचको सम्बन्धलाई मजबुत बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन् । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।

पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनेको छ। यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन्।

गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, सङ्गठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ । तर यो महत्वपूर्ण पर्वलाई व्यवस्थित रूपमा मनाउनु पनि जरुरी छ । पछिल्ला वर्षहरूमा केही हदसम्म भड्किलो र खर्चिलो हुँदै गएको देखिन्छ । यसले गर्दा ठुलो संख्यामा गुरुङ युवाहरू सहर तर्फ झरिरहेका छन् । त्यस कारण गुरुङ समुदायले यस पर्वलाई कसरी स्तरोन्नति गर्दै लैजाने भन्नेबारे गम्भीर अनुमान गर्नुपर्दछ ।

मेरो व्यक्तिगत धारणा छ कि यो पर्वलाई थप व्यवस्थित, सहभागितामूलक र उत्सवमूलक बनाउन सकिन्छ ।

यसका लागि केही सुझावहरू यस्ता छनः
– सामूहिक रूपमा पर्व मनाउने तर व्यक्तिगत खर्च कम गर्ने
– सहभागितामूलक सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने
– परम्परागत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने
– गुरुङ संस्कृतिसँग सम्बन्धित प्रदर्शनी तथा मेलाहरू गर्ने

यस्ता कार्यक्रमहरूले युवा पुस्ताको रुचि बढाउन सक्छ र पर्वलाई सुसंस्कृत बनाउन मद्दत पुग्न सक्छ । अन्त्यमा, यो पर्व गुरुङ सभ्यता र संस्कृतिको प्रतीक हो, यसको संरक्षण र विकास हाम्रो साझा जिम्मेवारी हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending