Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विद्युत प्राधिकरणले काट्याे अग्नि सिमेन्टको विद्युत लाइन

उद्योग मालिकहरु पुगे प्रधानमन्त्री प्रचण्डकाे शरणमा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अग्नि सिमेन्टको पनि लाइन काटेको छ । प्राधिकरणले अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ जलुकेस्थित अग्नि सिमेन्टकाे कारखानामा बिद्युतलाइन कााटेकाे हाे । 

अग्नी सिमेन्टले  डेडिकेटेड लाइनमार्फत विद्युत उपयोग गरेबापतको विद्युत महशुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ नतिरेको भन्दै लाइन काटेको हो । रकम भुक्तानी नगरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणको अर्घाखाँची शाखाले जनाएको छ ।

अग्नि सिमेन्टको लाइन काटेसँगै विद्युत प्राधिकरणले लाइन काटेका उद्योगको संख्या २३ पुगेको छ । यी सबै उद्योगले विद्युत महशुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

पछिल्लो समय विद्युत महशुल नतिर्नेप्रति आक्रामक शैलीमा प्रस्तुत भएको प्राधिकरणले विद्युत महसुलबापतको बक्यौता नतिर्नेहरुको लाइन धमाधम काटेको छ । तर, उद्योगीहरु भने विद्युत महशुल तिर्नुको सट्टा ट्रंक लाइन र डेडिकेटेड लाइनको विवाद मिलाइदिन शक्तिकेन्द्र धाउन थालेका छन् ।

यसैबीच यसअघि लाइन काटिएका उद्योग मालिकहरु विवाद मिलाइदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कहाँ पुगेका थिए ।

यता प्राधिकरणका अनुसार लोडसेडिङको समयमा डेडिकेटेड लाइन प्रयोग गरेबापत ६१ उद्योगले झण्डै २२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । तिर्न बाँकी बक्यौतासहित बिल पनि प्राधिकरणले सम्बन्धित उद्योगहरुलाई पठाइसकेको छ । बिलिङका आधारमा महसुल नतिर्ने सबै उद्योगको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending