Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

हुलाकी राजमार्गमा टेढाकट्टीका स्थानीयको विरोध कायमै

खबरडबली संवाददाता

बारा  । नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सड्कखण्डको निर्माण सम्पन्न भएको तीन बर्ष भईसकेको छ । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भएको थियो । 

बाराको निजगढ नगरपालिकाको पश्चिम दक्षिणबाट कोहल्बी नगरपालिका, आदर्श कोतवाल गाँउपालिका, सिम्रौनगढ नगरपालिका जोड्ने तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको कुल लम्बाई ३९.७५ किलो मिटर रहेको छ । 

आयोजनाको २०७७ चैत्र १७ गते सम्पन्न भएको उक्त मार्गबाट रौतहटको फतुुवा बिजयपुर नगरपालिका, मौलापुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका लगायतका जनताहरू लाभान्वित भएका छन् तर, बाराको आदर्श कोतवाल गाँउपालिका–५ स्थीत टेढाकट्टीमा भने यस मार्गको निमार्ण देखीनै सुरु भएको बिवादका कारण करिब १.५ डेढ किलोमिटर सडक हालसम्म पनि सम्पन्न हुन सकेको छैन । 

 

तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको नक्सांकन हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टीबाट पश्चिम हुँदै जाने योजना बनाईएको थियो । नक्सांकन हुदाँ बनाईएको मार्गलाई परिवर्तन गरेर रेखाङ्कन (एलाइन्मेट) गर्दै टेढाकट्टीको बस्तीबाट हुलाकी राजमार्गको निमार्ण सरु भएसँगै विवाद भएको हो । 

आफ्नो जग्गामा परेको भन्दै टेढाकट्टी स्थानीयले गरेको विरोध अझै कायमै छ । मार्गको निर्माण सुरू गर्दानै घरजग्गा मासिने भन्दै स्थानिएले विरोध गरेपछी बन्न नसकेको करिब दुई किलोमिटर बाटेको निर्माण अझै अन्योल कायमै छ । बाक्लो र साँघुरो बस्तीबाटै मार्ग लैजाँदा धेरै घर मासिने भएपछि स्थानिएले विरोध गरोका हुन जस्का कारण यस क्षेत्रमा राजमार्ग कालोपत्रे कार्य अवरोध भएको थियो । 

विकासका नाउँमा बस्ती ताक्दै उजाड बनाउने नियतका कारण कडा संर्घष गरेको सरोकारवाला स्थानीयहरुले बताएका छन् । स्थानिएले मार्गको पहिला भएको नक्शाकंंनबाट मार्ग गएमा स्थानिएको घर तथा बस्ती जोगीने स्थानिएले बुझाई रहेको छ ।

सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक बस्तीबाट नभई अन्य स्थानबाट सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणका समस्या भएको र यस क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयको भनाई रहेको छ।

घनाबस्ती सहितको उर्वरभूमीसमेत विनास हुने गरी हुलाकी राजमार्गको निर्माण थालर्नी गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता, चसो र सरोकार बढेको बताइएको छ । टेढाकट्टीको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले स्थानीएले यस क्षेत्रबाट निर्माण कार्य तत्कालै रोकेका थिए ।

नेपाल र भारत सरकारको सहयोगमा कुल ८६ करोडको लागतमा निर्माण भएको उक्त मार्गको लम्बाई ३९.७५ प्रतिशत किलोमिटर रहेको सो सड्क निर्माणको ठेक्का पप्पु एण्ड जेबि कन्स्ट्रक्सनले लिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending