Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

बालकुमारी घटनाप्रति गैरआवासीय नेपाली संघद्धारा दुःख व्यक्त

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटना प्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच ललितपुरको बालकुमारीमा शुक्रबार (२९ डिसेम्बर २०२३) भएको झडपमा दुई युवकको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

स्रघले विज्ञप्तिमा –‘वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको’ बताएको छ ।

नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएका हुन् । यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी रहेको भन्ने कुरा ग्रहण गर्न संघले नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

‘नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता अप्रिय घटना फेरि दोहोरिन नदिन र युवाको भावना तथा अपेक्षाप्रति संवेदनशील बन्न संघले नेपाल सरकारलाई अनुरोध समेत गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending