काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किरातीले युरोपियन युनियन र अन्तर्राष्ट्रिय उड्डयन संगठनले हवाई सुरक्षा सम्बन्धी दिएको सुझावलाई सरकारले कडाईकासाथ पालना गर्ने बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको रजत जयन्ती कार्यक्रममा बोल्दै मन्त्री किरातीले प्राधिकरणको तत्कालिन कार्यभार हवाई सुरक्षाको सुनिश्चितता गर्नु हो भन्दै इयुले पठाएको १२ बुँदेसुझावलाई कडाईका साथ पालना गर्नु र यात्रुमैत्री वातावरण निर्माण गर्नु रहेको बताए ।
प्राधिकरणको एकाधिकारमा रहेको नियमन र सञ्चालनको दायित्व छुट्टाछुट्टै निकाय बनाएर क्रियाशील गर्न इयु र आईकाओले सुझाव दिँदै आएका छन् । तर प्राधिकरणको नेतृत्वले एकाधिकार छोड्न नचाहेकाले कार्यान्वयन हुन नसकेको भनेर आलोचना हुँदै आएको छ ।
मन्त्री किरातीले अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलहरुलाई पब्लिक प्राईभेट पार्टनरसीप (पिपिपि) मोडलको माध्यमबाटअगाडि बढाउने योजना सरकारको रहेको पनि चर्चा गरे । किरातीले भावी योजना भनेको काठमाडौंको त्रिभुवअन्तर्राष्ट्रिय विमानस्थल, भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै निर्माण हुन बाँकी निजगढ विमानस्थल पनि यही मोडलमा (पिपिपि) निर्माण गरिने बताए ।
मन्त्री किरातीले भने, ‘अबको हाम्रो तत्कालिन कार्यभार तीन वटा छन्, पहिलो भनेको सुरक्षा हो, त्यो बाहेक हामीले अरु कुरा सोच्न पनि सक्दैनौ । हामी मानिसको जीवनसँग खेलवाड गर्न सक्दैनौ । दोस्रो भनेको भर्खरै अडिट् सकेर इयुले पठाएको १२ बुदेँ कुरालाई अक्षरस कडाईका साथ पालना गर्ने हाम्रो कार्यभार हो । र हाम्रो देशमा लागेको कालो सूची अथवा हाम्रो देशमाथि उठेको प्रश्नको जवाफ दिनु हो । तेस्रो भनेको यात्रुमैत्री वातावरण बनाउने, न्यूनतम स्रोत साधनको उच्चतम प्रयोग गरेर हाम्रो देशको अनुहारको एरपोर्ट त्यसमा दाग नदेखाउने गरि लाग्नु पर्छ ।’
उनले भने, ‘अबको २५ वर्षमा संसारको मोडल नेपाल हुने छ । २५ वर्षमा हामी नरहे पनि नेपाल र प्राधिकरण रहि रहने छ । हामीले आज हाल्ने इटामाथि धेरै ठूलो गगन चुम्ने भवन बन्ने छ । संसारमा देखाउन लायक हुनेछ, गौरव बन्ने छ त्यसकारण ढिला नगरि आजैबाट लाग्नको लागि सबैलाई आग्रह गर्दछु ।’
यस्तै, मन्त्री किरातीले राज्यको नीतिमाथि हस्तक्षेप हुने गरी कुनै क्रियाकलाप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्राधिकरणसँग आवद्ध ट्रेड युनियनका अधिकारीले प्राधिकरणको नीतिमाथि प्रश्न गरेपछि मन्त्री किराती आक्रोशित भएका थिए ।
ट्रेड युनियनकापूर्ववक्तालाई लक्षित गर्दै मन्त्री किरातीले भने, ‘नीतिको प्रश्न धेरै उठाउनुभयो, लामो भाषण गर्नुभयो । प्रधानमन्त्री नै आएर बोल्नुभयो कि भनेर म झुक्किए पनि, पटक पटक उहाँलाई हेरे तर भाषण गर्ने उहाँ प्रधानमन्त्री त होइन । नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्री र नेतृत्वले गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्था र कर्मचारीहरु हिँड्न सक्नुपर्छ । अन्यथा त्यसलाई अर्को अर्थ लगाइन्छ, अनुशासन नभनेर अराजकता भनिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: