Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा माग्दै सुर्खेत र दैलेखमा चक्का जाम

बालकुमारी घटनामा हत्या गरिएका सुजन र वीरेन्द्रलाई सहिद घोषणाको माग

खबरडबली संवाददाता

दैलेख । गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार सुर्खेतको वीरेन्द्रनगरमा र दैलेखमा पुनः आन्दोलन चर्किएको छ ।

‘युवा विद्रोही’ समूहले आइतबार दैलेख बजारबाट सुर्खेत तथा ग्रामिण भेगका जाने सवारी साधन ठप्प पारेका छन भने सुर्खेतमा पनि सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।

सुर्खेत विरेन्द्र नगरको रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार अहिले दिउँसो १२ बजेदेखि आन्दोलन सुरु हुँदा यातायातका साधन पुर्ण रुपले ठप्प भएका छन् । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । 

त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ । सोही आन्दोलनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ । आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुन सक्ने चेतावनी दिएका छन् ।

त्यसैगरि दैलेख बजारमा सोही विषयलाई लिएर आज पुर्णरुपमा बजार बन्द गरिएको छ भने दैलेखबाट सुर्खेत र ग्रामिण भेगमा जाने यातायातका सवारी साधन आन्दोलनकारीले ठप्प पारेका छन् । सवारी साधनमा कुनै क्षति नहोस भनेर दैलेख प्रहरीले यातायातका साधन भएको ठाउँमा सुरक्षाकर्मी तैनाथ गरेका छन् ।

दैलेख –सुर्खेत सडक खण्डको ठालुडाँडा नजिक आन्दोलनकारीले यातायात रोकि राखेका छन् भने दैलेख बजार हुदै नौमुल, भगवतीमाई, दुल्लू, डाडीमाडी, चामुण्डा र मध्यपहाडी राजमार्गमा आवतजावत हुने सवारी साधनलाई पनि ठप्प पारिएको आन्दोलनको नेतृत्व गदै आएको युवा नेता जनक शर्माले बताए ।

उनले भने, आज बजारलगायत यातायातका साधन बन्द मात्र गर्यौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजानीमा नहुन्जेलसम्म भोली देखी देशव्यापी आन्दोलन गरिनेछ शर्माले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending