दैलेख । गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार सुर्खेतको वीरेन्द्रनगरमा र दैलेखमा पुनः आन्दोलन चर्किएको छ ।
‘युवा विद्रोही’ समूहले आइतबार दैलेख बजारबाट सुर्खेत तथा ग्रामिण भेगका जाने सवारी साधन ठप्प पारेका छन भने सुर्खेतमा पनि सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।
सुर्खेत विरेन्द्र नगरको रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो ।
सोही अनुसार अहिले दिउँसो १२ बजेदेखि आन्दोलन सुरु हुँदा यातायातका साधन पुर्ण रुपले ठप्प भएका छन् । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् ।
त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ । सोही आन्दोलनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ । आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुन सक्ने चेतावनी दिएका छन् ।
त्यसैगरि दैलेख बजारमा सोही विषयलाई लिएर आज पुर्णरुपमा बजार बन्द गरिएको छ भने दैलेखबाट सुर्खेत र ग्रामिण भेगमा जाने यातायातका सवारी साधन आन्दोलनकारीले ठप्प पारेका छन् । सवारी साधनमा कुनै क्षति नहोस भनेर दैलेख प्रहरीले यातायातका साधन भएको ठाउँमा सुरक्षाकर्मी तैनाथ गरेका छन् ।
दैलेख –सुर्खेत सडक खण्डको ठालुडाँडा नजिक आन्दोलनकारीले यातायात रोकि राखेका छन् भने दैलेख बजार हुदै नौमुल, भगवतीमाई, दुल्लू, डाडीमाडी, चामुण्डा र मध्यपहाडी राजमार्गमा आवतजावत हुने सवारी साधनलाई पनि ठप्प पारिएको आन्दोलनको नेतृत्व गदै आएको युवा नेता जनक शर्माले बताए ।
उनले भने, आज बजारलगायत यातायातका साधन बन्द मात्र गर्यौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजानीमा नहुन्जेलसम्म भोली देखी देशव्यापी आन्दोलन गरिनेछ शर्माले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: