Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बालकुमारी घटनामा निगरानी समितिको निन्दा

खबरडबली संवाददाता

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले ललितपुरको बालकुमारीमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवाहरूमाथि प्रहरीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा रहेका युवाहरूलाई प्रहरीले धरपकड गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । 

निगरानी समितिका संयोजक चरण प्रसाईंले विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर निन्दा र भत्र्सना गरेका छन् । ‘शान्तिपूर्ण रूपमा भेला भई माग राख्न पाउने नागरिकको संवैधानिक एवं मौलिक अधिकार हो । नागरिकका जायज मागहरू सम्बोधन गर्नु राज्यको कर्तव्य हो । तर दक्षिण कोरियामा रोजगारीका लागि जान चाहेका व्यक्तिले आवेदन फारम भर्ने माग राख्दा प्रहरी प्रशासनको लापरवाही, चरम दमन तथा घातक गोली प्रहारबाट दुईजना युवकको मृत्यु एवं त्यसक्रममा कैयौं व्यक्ति घाइते भएको घटनाप्रति निगरानी समिति घोर निन्दा एवं भत्र्सना गर्दछ,’ प्रसाईंले विज्ञप्तिमार्फत् भनेका छन् ।

सो घटनाले सरकारको भीड नियन्त्रणमा अपनाउनुपर्ने उपाय, संयमता तथा दक्षतामाथि गम्भीर प्रश्न उठेको समितिको ठहर छ ।  ‘प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा उत्रिएका प्रदर्शनकारीमाथि घातक गोली प्रहार गर्नु अनुचित मात्र नभई गैरजिम्मेवारी पनि हो । यस घटनामा संयुक्त राष्ट्रसंघको कानून कार्यान्वयन निकायको बल तथा हतियार प्रयोगका आधारभूत सिद्धान्त तथा नेपाल प्रहरीको निर्देशिका समेतको पालन नगरेको  देखिन्छ,’ समितिले भनेको छ ।

समितिले सरकारको संवेदनहीन शैलीका कारण दुई युवाको बाँच्न पाउने संवैधानिक हक खोसिएको आरोप समेत लगाएको छ ।  समितिले सरकारले घटनापछि छानविन समिति बनाएपनि त्यस्ता समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुने विगतदेखिकै यथार्थ रहेको स्मरण गराएको छ । ‘रोजगारीको खोजीमा रहेका युवाहरूमाथि भएको यस दमन तथा हत्याको निष्पक्ष छानविन गरी दोषीहरूमाथि कडाभन्दा कडा कारवाही चलाई यस्ता गम्भीर घटना नदोहोरिने सुनिश्चितता गर्न र प्रहरी प्रशासनलाई जवाफदेही बनाउन आग्रह छ,’ समितिले माग गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending