Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

बालकुमारी घटनामा निगरानी समितिको निन्दा

खबरडबली संवाददाता

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले ललितपुरको बालकुमारीमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवाहरूमाथि प्रहरीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा रहेका युवाहरूलाई प्रहरीले धरपकड गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । 

निगरानी समितिका संयोजक चरण प्रसाईंले विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर निन्दा र भत्र्सना गरेका छन् । ‘शान्तिपूर्ण रूपमा भेला भई माग राख्न पाउने नागरिकको संवैधानिक एवं मौलिक अधिकार हो । नागरिकका जायज मागहरू सम्बोधन गर्नु राज्यको कर्तव्य हो । तर दक्षिण कोरियामा रोजगारीका लागि जान चाहेका व्यक्तिले आवेदन फारम भर्ने माग राख्दा प्रहरी प्रशासनको लापरवाही, चरम दमन तथा घातक गोली प्रहारबाट दुईजना युवकको मृत्यु एवं त्यसक्रममा कैयौं व्यक्ति घाइते भएको घटनाप्रति निगरानी समिति घोर निन्दा एवं भत्र्सना गर्दछ,’ प्रसाईंले विज्ञप्तिमार्फत् भनेका छन् ।

सो घटनाले सरकारको भीड नियन्त्रणमा अपनाउनुपर्ने उपाय, संयमता तथा दक्षतामाथि गम्भीर प्रश्न उठेको समितिको ठहर छ ।  ‘प्रहरी प्रशासनले शान्तिपूर्ण रूपमा उत्रिएका प्रदर्शनकारीमाथि घातक गोली प्रहार गर्नु अनुचित मात्र नभई गैरजिम्मेवारी पनि हो । यस घटनामा संयुक्त राष्ट्रसंघको कानून कार्यान्वयन निकायको बल तथा हतियार प्रयोगका आधारभूत सिद्धान्त तथा नेपाल प्रहरीको निर्देशिका समेतको पालन नगरेको  देखिन्छ,’ समितिले भनेको छ ।

समितिले सरकारको संवेदनहीन शैलीका कारण दुई युवाको बाँच्न पाउने संवैधानिक हक खोसिएको आरोप समेत लगाएको छ ।  समितिले सरकारले घटनापछि छानविन समिति बनाएपनि त्यस्ता समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नहुने विगतदेखिकै यथार्थ रहेको स्मरण गराएको छ । ‘रोजगारीको खोजीमा रहेका युवाहरूमाथि भएको यस दमन तथा हत्याको निष्पक्ष छानविन गरी दोषीहरूमाथि कडाभन्दा कडा कारवाही चलाई यस्ता गम्भीर घटना नदोहोरिने सुनिश्चितता गर्न र प्रहरी प्रशासनलाई जवाफदेही बनाउन आग्रह छ,’ समितिले माग गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending