काठमाडौं । नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।
उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् । उनले पढेलेखेका आमाहरुले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए । उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए । उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरुले पूर्णस्तनपान गराउने गरेका छन् ।
कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमति प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरुले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन् ।
यस्तै २२ प्रतिशत आमाहरुले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन् । यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरुले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ । शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।
यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन् । यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ । तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ ।
विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: