Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तरकारी फलफूल साकोसको २४औँ साधारणसभा सम्पन्न, २२ विद्यार्थीलाई सम्मान

१५.५ प्रतिशत लाभांश बाँड्ने निर्णय

खबरडबली संवाददाता

काठमाडौं ।  तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४ औँ साधारणसभा सम्पन्न भएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी–व्यवसायीले संचालन गर्दै आएको तरकारी फलफूल सहकारीले साधारणसभामार्फत १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको  हाे । 

 
२०५६ माघ २१  मा ३० जना सेयर सदस्यहरूले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु गरेको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । ६ करोड ९५ लाख पाँच हजार तीन सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा हाल ४४ करोड ६५ लाख लाख ३२ हजार तीन सय ३४ रुपैयाँ  सेयर सदस्यकाे बचत रकम रहेको छ । 

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–०८० को अन्त्यसम्मा सो सहकारीले ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ ।

यस्तै, सोही अवधिमा तीन करोड ५४ लाख ६ हजार दुई सय ५४ रुपैयाँ सञ्चालन मुनाफा छ भने १० करोड, ९३ लाख, ३४ हजार दुई सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याइएको छ । सो संस्थाको ६६ करोड, ११ लाख, ९२ हजार, तीन सय ५७ रुपैयाँको वासलात देखिन्छ ।

तरकारी फलफूल साकोसले प्रत्येक सदस्यको जीवनसँग सहकारीलाई प्रत्यक्ष जोड्ने उद्देश्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सचिव हरिकृष्ण धेकेले बताए । उनका अनुसार नवजातलाई लक्षित गरी बाल शैक्षिक बचत योजना, बालबालिकालाई लक्षित गरी खुत्रुके बचत योजना संचालित छ ।

यस्तै, सुत्केरी भत्ता, जेष्ठ सदस्य र एकल महिला भत्ता वितरण, अपांगता भएकाहरू बालबालिकालाई लक्षित गरी छात्रवृत्ति योजना सञ्चालनमा छ भने सदस्यलाई दुर्घटना बिमा, प्राणघातक रोगको उपचार खर्च दिँदै आएको छ । 

बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासका निम्ति प्रत्येक वर्ष सिर्जनशील कार्यक्रमहरू समावेश गरी रमाइलो वनभोज कार्यक्रम चलाउँदै आएको तथा जेष्ठ सदस्य र एकल महिलाहरूलाई सम्मान गर्दै आएको संचालक समिति सदस्य राजन पराजुलीले जानकारी दिए ।

उनका अनुसार सेयर सदस्यका छोराछोरीमध्ये एसइई परीक्षणमा उत्कृष्ट अंक ल्याउनेहरूलाई प्रत्येक वर्ष एसइई अवार्ड वितरण गर्ने गरिएको छ । २४औँ साधारणसभामा पनि २२ जना बालबालिकालाई एसईई अवार्ड वितरण गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन् । 

प्रतिनिधिसभाकी उपाध्यक्ष इन्दिरा रानाले साधारणसभाको उद्घाटन गरेकी थिइन् । त्यसक्रममा उनले पछिल्ला केही समयदेखि सहकारी संस्थाहरू भित्रका विकृतिका समाचार दिनहुँजसो आइरहेको चर्चा गर्दै, सबै सहकारी संस्था भने खराब नरहेको बताइन् । सदस्यमैत्री भई, सुशासनमा चलेका सहकारीमा समस्या नआउने अनुभव सुनाउँदै उनले तरकारी फलपूmल साकोस पनि राम्रो संस्था भएको आफूले पाएको बताइन् । तरकारी फलफूल साकोसका आर्थिक सूचकांक र गतिविधि अध्ययन गरेपछि उनले सुशासनबाट चलेको पाएको उनको तर्क थियो ।

उनले हाल आफू विभिन्न अध्यादेशहरूको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरूको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन् । उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन् ।

सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ट अतिथिका रूपमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले पनि तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताएका थिए । सहकारीका सूचकांकहरूको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यहरूलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, सेयर सदस्यहरूको आर्थिक विकासमा टेवा पु¥याएको आफूले पाएको उनको भनाइ थियो । मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरूमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।

विशेष अतिथिका रूपमा सम्बोधन गर्दै सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरेले पनि सदस्यमैत्री बन्न सकेकोमा तरकारी फलफूल साकोसलाई धन्यवाद दिए । आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाव पनि दिए । 

उद्घाटन सत्रमा सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो ।

यसैगरी, असल बचतकर्ता अवार्डबाट कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनिता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्याङ्तानलाई सम्मान गरिएको थियो । बजार प्रतिनिधिका रूपमा कार्यरत कर्मचारी मन्दिरा बिडारीलाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारी अवार्ड प्रदान गरिएको थियो । 

उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष उज्वल कार्की, सहकारीका वर्षसदस्य तथा सल्लाहकार भरतप्रसाद खतिवडा, तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)का सचिव गोविन्द काफ्ले, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन)का अध्यक्ष दीपक पनेरू, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बोर्ड सदस्यद्वय भगवानचन्द्र उप्रेती र तारा रेमी मगर, प्राज्ञिक व्यक्तित्व विष्णुप्रसाद रुपाखेती, तरकारी फलफूल थोक बजार व्यावसायिक संस्थाका महासचिव हरिकृष्ण थापा, कालीमाटी तरकारी बजार युवा क्लबका उपाध्यक्ष दीपकप्रसाद पौडेल, सामूहिक परिवर्तनशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिर्जना सुयाल, श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमिला श्रेष्ठ, तरकारी फलफूल साकोसका पूर्वव्यवस्थापक विमला पुडासैनीलगायतका अतिथिको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending