काडमाडाैं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण ललितपुरकाे बालकुमारीमा दु:खद घटना निम्तेकाे बताएका छन् । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुँवरले यस्ताे बताएका हुन् ।
'मन्त्री नआएको भए यस्तो हुने थिएन', उनले भने । घटनामा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै गाेली चलाउनुपरेकाे पनि उनले प्रस्ट पारे । 'सामान्य बल प्रयोग भएकाे थियाे । ११:५२ मा मन्त्रीज्यू आउनुभयाे । उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पीएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन । ११:५४ मा हातपात हुने अवस्था आयो । पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हाे । १२ बजे मन्त्रीको गाडीमा आगजनी भयाे । गोली कतिबेला चल्यो यकिन छैन', कुँवरले भने ।
उनले बालकुमारीमा तीन हजार युवा सडकमा आएको बताउँदै अगाडि भने, 'मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन । घटनामा आठ जना प्रहरी घाइते भएका र मन्त्रीको ज्यानको समेत खतरा देखेपछि बल प्रयाेग गर्नुपरेकाे बताए ।
'मन्त्री गाडीमा रहेकोले बल प्रयोग गर्नुपरेको हाे । कमाण्डरहरू निलम्बन गरिएकाे छ । अनुसन्धानबाट थप कुरा आउँछ हाेला', आईजीपी कुँवरले भने, 'बिहान ७ बजेदेखि नै अलर्ट थियाैँ । १ सय २४ सेल अस्रु ग्यास र रबर गोली चलेकाे छ । हवाई फायर भएको छ । दुई जनाको मृत्यु भयाे । युवाको जोश थियो । फरक अवस्था थियो । कानुनले दिएको अधिकार प्रयाेग गरी कम बल प्रयोग गरेर जाने नीति हो । उनले प्रहरीसँग साधन स्रोतकाे कमी रहेकाे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: