काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनले बताएका छन् ।
संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको उनको भनाइ छ ।
‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो,’ उनले भने । त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी मन्त्री श्रेष्ठले बताए ।
यसैगरी अनुसन्धानमा सघाउन सहयोग होस् भनेर ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख (एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर (डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको मन्त्री श्रेष्ठले बताए । आफूहरुको प्रारम्भिक बुझाइ सुरक्षा कमजोरी भएको भन्दै मन्त्री श्रेष्ठले वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: