विराटनगर । रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
पकाउ पर्नेमा अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास रहेका छन् ।
उनीहरुलाई रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्नकुमार दाहालले जानकारी दिए। पक्राउ परेका तीन जनालाई ‘क्यासियर’ को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको उनले बताए।
अस्पताल प्रशासनले तीन जनाविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको बताउँदै, अस्पतालको ‘क्यास काउन्टर’ मा कार्यरत उनीहरुकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
बराल र फौदार पुस १० गते तथा विश्वास पुस १३ गते पक्राउ परेका हुन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेका दाहालको भनाई छ ।
बिरामीहरुले उपचार गरे बापत अस्पताललाई तिर्नुपर्ने रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘क्यासियर’ को जिम्मेवारीमा रहेका उनीहरुले ‘बिलिङ काउन्टर’ मा बसेर बिरामीसँग उपचार बापतको सम्पूर्ण रकम लिने र अस्पताललाई थोरै मात्र देखाउने, महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएर अनियमितता गरेको पाइएको एसपी दाहालले बताए ।
बिरामीसँग बढी रकम लिने तर अस्पताललाई थोरै मात्रै हिसाब देखाउने गरेको पाइएको कारण उनीहरु बिरुद्ध उजुरी गरिएको अस्पतालका महाप्रबन्धक दीपेश राईले बताए । उनीहरुले के कति रकम हिनामिना गरेका हुन् ठ्याक्कै भन्न सकिने अवस्था समेत नरेको राईको भनाई छ । अहिले अस्पतालमा पनि सम्पूर्ण बिलहरुको हरहिसाब हुँदै गरेको र उनीहरु मात्रै घटनामा संलग्न हुन् या अरू कर्मचारीको पनि संलग्नता छ भन्ने विषयमा खोजी भइरहेको राईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: