Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ

खबरडबली संवाददाता

विराटनगर ।  रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पकाउ पर्नेमा अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास रहेका छन् । 

उनीहरुलाई रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्नकुमार दाहालले जानकारी दिए। पक्राउ परेका तीन जनालाई ‘क्यासियर’ को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको उनले बताए।

अस्पताल प्रशासनले तीन जनाविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको बताउँदै, अस्पतालको ‘क्यास काउन्टर’ मा कार्यरत उनीहरुकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 

बराल र फौदार पुस १० गते तथा विश्वास पुस १३ गते पक्राउ परेका हुन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेका दाहालको भनाई छ । 

बिरामीहरुले उपचार गरे बापत अस्पताललाई तिर्नुपर्ने रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘क्यासियर’ को जिम्मेवारीमा रहेका उनीहरुले ‘बिलिङ काउन्टर’ मा बसेर बिरामीसँग उपचार बापतको सम्पूर्ण रकम लिने र अस्पताललाई थोरै मात्र देखाउने, महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएर अनियमितता गरेको पाइएको एसपी दाहालले  बताए ।

बिरामीसँग बढी रकम लिने तर अस्पताललाई थोरै मात्रै हिसाब देखाउने गरेको पाइएको कारण उनीहरु बिरुद्ध उजुरी गरिएको अस्पतालका महाप्रबन्धक दीपेश राईले  बताए । उनीहरुले के कति रकम हिनामिना गरेका हुन् ठ्याक्कै भन्न सकिने अवस्था समेत नरेको राईको भनाई छ । अहिले अस्पतालमा पनि सम्पूर्ण बिलहरुको हरहिसाब हुँदै गरेको र उनीहरु मात्रै घटनामा संलग्न हुन् या अरू कर्मचारीको पनि संलग्नता छ भन्ने विषयमा खोजी भइरहेको राईले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाक...

श्रीलङ्कामा कम्युनिष्ट पार्टीको ऐतिहासिक विजय, अनुरा कुमारा राष्ट्रपति बन्ने

काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन २०१९ को चुनावमा तीन प्रतिशत...

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्...

बोर्नमाउथमाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले परा...

इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ ...

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्ग...

नुवाकोटमा स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार

नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृ...

लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अन...

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy