Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भेडेटार–राँके सडकः धनकुटामा धमाधम, इलाम–पाँचथरमा सुस्त

खबरडबली संवाददाता

धनकुटा । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ । 

भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो १० महिनामा मात्रै निर्माणमा २७ प्रतिशत प्रगति हासिल गरिएको रजकले बताए । यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेदेखि यो सडक निर्माण सुरु भएको थियो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो । तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लोपटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैँले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाएपछि निर्माणले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उनको भनाइ छ । 

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रजकले बताए । अहिलेको गति कायम राख्न सके निर्माण सम्पन्न गर्न धेरै लामो समय नलाग्ने उनले बताए । विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका कारण पनि केही समस्या भएको उनले बताए । उनका अनुसार हालसम्म आयोजना निर्माणमा चारपटक म्याद थप भएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ । 

निर्माणमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करिब तीन सय ५० जना कामदार खटिएका छन् । यहाँ डिभीएसटी प्रविधिबाट कालोपत्र गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदामात्रै सम्भव हुने भएकाले कालोपत्रको काम भने मौसममा आधारित हुने रजकको भनाइ छ ।

यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रमा ढिलाइ हुने र अहिले  ग्रेड, सवबेस र बेसको काम सँगसँगै गरिरहेको उनले बताए । ग्राभेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख नपाउने उनले बताए ।  आउँदो वर्षायाममा सडकको समस्या हटाउन सकिन्छ भन्ने आफुहरुले  विश्वास लिएको प्रमुख रजकको भनाइ छ ।

सबै क्षेत्रमा एकैसाथ निर्माण हुन नसक्दा सेवाग्राही भने ढुक्क देखिँदैनन् । सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माणले गति लिएकामा आफु खुसी रहेको बताए । उनले अहिले देखिएको प्रगतिलाई निरन्तरता दिन निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गरे  । तर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्र हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताउँछन् । कालोपत्र हुने भनेको यत्तिका समयमा पनि कुनै काम हुननसकेको र वर्षा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउने  राईले  बताए । 

यो सडक धनकुटामा ४५ दशलमव ३९ किमी, पाँचथरमा ३० दशलमव १८ किमी, इलाममा २२ दशलमव १९ र इलाम–पाँचथर सीमामा दुई दशलमव ०६ किमी पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक वर्षा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ । कुल तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा १०० दशलमव  ३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

पछिल्लोपटक सडकको स्थलगत अवलोकन गरेका पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्राभेल सम्पन्न गर्न आग्रह गरिएको बताए । काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास नै नरहेको उनले बताए ।  सबै खण्डमा काम थालेर वर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको नेम्वाङले बताए ।भेडेटार–राँके सडकः  धनकुटामा धमाधम, इलाम–पाँचथरमा सुस्त
धनकुटा । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ । 

भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो १० महिनामा मात्रै निर्माणमा २७ प्रतिशत प्रगति हासिल गरिएको रजकले बताए । यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेदेखि यो सडक निर्माण सुरु भएको थियो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो । तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लोपटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैँले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाएपछि निर्माणले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उनको भनाइ छ । 

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रजकले बताए । अहिलेको गति कायम राख्न सके निर्माण सम्पन्न गर्न धेरै लामो समय नलाग्ने उनले बताए । विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका कारण पनि केही समस्या भएको उनले बताए । उनका अनुसार हालसम्म आयोजना निर्माणमा चारपटक म्याद थप भएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ । 

निर्माणमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करिब तीन सय ५० जना कामदार खटिएका छन् । यहाँ डिभीएसटी प्रविधिबाट कालोपत्र गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदामात्रै सम्भव हुने भएकाले कालोपत्रको काम भने मौसममा आधारित हुने रजकको भनाइ छ ।

यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रमा ढिलाइ हुने र अहिले  ग्रेड, सवबेस र बेसको काम सँगसँगै गरिरहेको उनले बताए । ग्राभेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख नपाउने उनले बताए ।  आउँदो वर्षायाममा सडकको समस्या हटाउन सकिन्छ भन्ने आफुहरुले  विश्वास लिएको प्रमुख रजकको भनाइ छ ।

सबै क्षेत्रमा एकैसाथ निर्माण हुन नसक्दा सेवाग्राही भने ढुक्क देखिँदैनन् । सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माणले गति लिएकामा आफु खुसी रहेको बताए । उनले अहिले देखिएको प्रगतिलाई निरन्तरता दिन निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गरे  । तर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्र हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताउँछन् । कालोपत्र हुने भनेको यत्तिका समयमा पनि कुनै काम हुननसकेको र वर्षा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउने  राईले  बताए । 

यो सडक धनकुटामा ४५ दशलमव ३९ किमी, पाँचथरमा ३० दशलमव १८ किमी, इलाममा २२ दशलमव १९ र इलाम–पाँचथर सीमामा दुई दशलमव ०६ किमी पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक वर्षा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ । कुल तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा १०० दशलमव  ३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

पछिल्लोपटक सडकको स्थलगत अवलोकन गरेका पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्राभेल सम्पन्न गर्न आग्रह गरिएको बताए । काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास नै नरहेको उनले बताए ।  सबै खण्डमा काम थालेर वर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको नेम्वाङले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending