Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

देशकै अग्रणी पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

खबरडबली संवाददाता

काठमाडाैं । गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो । 

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो । 

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित एक पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिने बताए । यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन मार्फत सहजै टिकट काट्न सकिनेछ ।

कार्यक्रममा बोल्दै पृथ्वीका अध्यक्ष केसीले भने ‘ अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ , । कार्यक्रमा उनले थपे ‘ राज्य सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाइ प्रोत्साहन गर्न आग्रह गर्दछौँ ।

यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भन्नुभयो ‘ यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कंपनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनुहुनेछ र उहाँहरुलाई सहजता हुनेछ ।

बिगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काकडभित्ता देखि सुदुरपश्चिमका धनगढी गरि ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट  करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । दशवर्ष अगाडी स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending