Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

छोरीको विवाहका लागि मौलापुर नगरपालिकाको आर्थिक सहयोग

खबरडबली संवाददाता

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत नगरवासीलाई आर्थिक सहयोग गरेको हो । 

‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको २ करोड ६६ लाख रकम तिरेको एक महिना नवित्दै  अर्को उदाहरणीय काम गरेको हो । ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत आज ५० भन्दा बढी गरिब परिवारलाई ३० हजारका दरले १५ लाख भन्दा बढीको अनुदान रकमको चेक हस्तानान्तरण गरिएको नगरपालिकाले जनाएको  छ । 

मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा आयोजित एक विशेष कार्यक्रम मार्फत चेक हस्तानान्तरण गरेकी हुन् ।

मेयर साहको विशेष पहलमा उमेर पुगेकी छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने उदेश्यले मौलापुर नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ विगतदेखी नै सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विपन्न बर्गका व्यक्तिहरु लाभान्वित भएका छन् ।

छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक संकट पर्ने गरेको कारण नगरपालिकाले गरिब तथा विपन्न वर्गका उमेर पुगेका छोरीको विवाहमा ३० हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत ५० जना व्यक्तिले ३० हजारका दरले रकम पाएका हुन् ।

मौलापुरकी मेयर साहले ‘असहायके साथ मेयर कार्यक्रम’, ‘फ्रि विजुली र फ्रि पानी’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नगरवासीलाई सेवा गरेको अहिले मधेस प्रदेशका साथै देशैभरी चर्चा भईरहेको छ ।  यस्तो कार्यक्रमले अहिले उनको  चौतर्फी प्रशंसा  भईरहेको छ ।

मौलापुर नगरपालिकाका प्रवक्ता चण्डेश्वर वैठाका अनूसार ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत अहिले सम्म हजार भन्दा बढी व्यक्तिले यो सुविधा पाईसकेका छन् । यस कार्यक्रमले विवाहका लागि हरेक परिवारमा राहत महशुस हुनुका साथै सहयोग पुग्ने भएकाले आउँने दिनमा समेत यो कार्यक्रम निरन्तर रहने उनले बताए ।

यस अघि ४ पुसमा मेयर साहले नगरपालिकाको तर्फबाट ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएकी थिईन् । यो आर्थिक बर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई मेयर साहले बुझाएकी हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending