Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उनिहरुले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गरे।

सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसदहरुले गठन हुनुको उद्देश्य विपरितका कार्यक्रम गरिरहेको भन्दै बोर्डले मुख्य कामभन्दा अन्यत्र विषयलाई प्राथमिकता दिएको बताए ।

बजेटको ६० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्नुपर्नेमा विगत ४० वर्षदेखि हुँदै आएको ‘वल्र्ड टुरिज्म मार्ट’ ९डब्लुटिएम० मा सहभागी हुन नसक्नुका कारणबारे सांसदहरुले जावाफ माग गरे ।

विश्वकै ठूलो टुरिज्म मार्टको रुपमा रहेको संयुक्त अधिराज्य बेलायतमा हुने ठूलो पर्यटन मेला डब्लुटिएमलगायत चालु आवमा कुनै पनि अन्तर्राष्ट्रिय मार्टमा बोर्डले सहभागिता नजनाउनुका कारणबारे सांसदहरुले जिज्ञासा राखेका थिए ।

नीतिगत रुपमा व्यवस्था नभए पनि बोर्डको जम्मा बजेटको ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण गर्न खर्च गर्नुपर्ने प्रावधान रहेको बोर्डले उल्लेख गरेको छ । झण्डै रु दुई अर्ब बजेटमध्ये बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धन, आन्तरिक गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनलगायतमा खर्च गर्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय बजारीकरणलाई नीतिगत सुधार गरिनुपर्ने बताए । उनले नारायण सङ्ग्रहालयलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुुपर्ने धारणा व्यक्त गरे।

सांसद वर्षामान पुनले बोर्ड उद्देश्य विपरित गएको सञ्चार माध्यममा आएको बताए । उनले भूगोल सम्मेलन लगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

सांसद पुनले नेपाल अथाह पर्यटकीय सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्ययोजनासहित अघि बढ्न बोर्डलाई सुझाव दिए ।

सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गरे । उनले स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने वित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रवृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उल्लेख गरे ।

सांसद उदयशम्शेर जबराले बोर्डको उद्देश्य अनुरुप ६० प्रतिशत बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्नुपर्ने भए पनि पर्यटन क्षेत्रभन्दा बाहिरका विभिन्न कार्यक्रममा किन करौडौँ रकम खर्च गरिरहेको भनी प्रश्न गरे। उनले एक भूगोल सम्मेलनमा रु पाँच करोड खर्च भएको भनिएको विषयमा समितिलाई स्पष्ट जवाफ दिन माग गरे । डब्लुटिएम जस्ता कार्यक्रममा सहभागिता नजनाउनु बोर्डको असक्षमता भएको उनको भनाइ थियो ।

सांसद एकनाथ ढकालले बोर्डको प्रवर्द्धन गर्दा प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । भूगोल सम्मेलनलगायत अनावश्यक विषयमा बोर्ड जिम्मेवारी बाहिरका गतिविधिमा संलग्न भएको भन्दै उनले गुणस्तरीय पर्यटक भित्र्याउन रणनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले बोर्डको बजारीकरण प्रभावकारी नभएको तथा संरचना र कार्यशैलीमाथि नै प्रश्न उठेको भन्दै बोर्डको कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । सांसद सुनिता बरालले सङ्घीय संरचना अनुरुप बार्डले प्रविधिमैत्री प्रभावकारी बजारीकरण गर्न जरुरी रहेकामा जोड दिए ।

समितिका सभापति राजकिशोर यादवले बोर्डका बारेमा स्थलगत अवलोकन र छलफलपछि आवश्यक निर्णय लिइने जानकारी दिए। उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेकाले विद्यमान कार्यशैली र बजारीकरण प्रभावकारी बनाउन समितिले सक्रियतापूर्वक छलफल गरी निर्णय लिने बताए ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको गतिविधिबारे समितिमा प्रस्तुति गरेका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, बोर्डका प्रमुखलगायत उपस्थित थिए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy