Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बचतकर्ताको चारकरोड बढी रकम लिएर सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन

खबरडबली संवाददाता

सर्लाही । बचतकर्ताको चारकरोड भन्दा बढी रकम लिएर सर्लाहीको लालबन्दीको एक सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका छन् ।  सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका हुन् ।

संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रवन्धक रवीना रायमाझी गएको सोमबारदेखि सम्पर्कविहीन भएका सहकारीका कर्मचारीहरुले बताएका छन् । संस्थाका अध्यक्ष प्रवन्धक सम्पर्कविहीन भएपछि सहकारीका समस्यामा परेको भन्दै वडा कार्यालय र नगरपालिकामा पुगेका छन् ।

त्यसमाथि बचतकर्ता रकम माग गर्दै सहकारीमा पुग्न थालेपछि आफुहरु केगर्ने भन्ने कुरामा अन्योलमा परेको कर्मचारी एलिसा कुमारी लायो मगरले बताईन् । उनले अध्यक्ष र प्रवन्धक मोवाइल अफ गरेर सम्पर्कविहीन भएपछि आफूहरु समस्यामा परेको बताईन् । दुवै जना १६ गतेदेखि कोही कर्मचारीसँग सम्पर्कमा नहुँदा सहकारीको बचत रकम लिएर भागेको भन्दै बचतकर्ताहरु बचतको रकम लिन आई रहेको उनको भनाई छ  । उनले प्रश्न गर्दै भनिन्–‘हामीले कहाँबाट पैसा ल्याएर दिने ?’

लालबन्दी ७ मा प्रधान कार्यालय रहेको यस सहकारीले हरिवन र हरिपुरमा पनि कर्मचारी राखेर बचत उठाउँदै आएको थियो । संस्थाका अध्यक्ष दासले संस्थामा राखेको आफ्नो व्यक्तिगत कागजात १६ गते राति लिएर गएको सीसी टिभी फुटेजमा देखिएको र  लालबन्दीमा रहेको दासको  फर्निचर पसल समेत १६ गतेदेखि नखुलेको स्थानीयले बताएका छन् । १६ गते राति नै दासले पसलबाट समान उठाएर लगेको आफुहरुले देखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लालबन्दीमै कोठा भाडामा लिएर बस्ने प्रवन्धक रायमाझी पनि सोही दिनदेखि बेपत्ता भएकी छन् । अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएपछि अप्ठेरोमा परेका कर्मचारी बिहीबार दिउँसो लालबन्दीस्थित सहकारीको कार्यालयमा जम्मा भएका थिए ।

लालबन्दी कार्यालयमा ४ जना, हरिपुरमा २ जना र हरिवनमा १ जना कर्मचारी राखेर संस्थाले व्यापारी, व्यवसायी तथा स्थानीयहरुसँग बचत उठाउँदै आएको थियो । कर्मचारीका अनुसार संस्थामा बचतकर्ताहरुको ४ करोड बढी रकम बचत रहेको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरु आज आफूलाई भेट्न आएका र ती कर्मचारीलाई एकमुष्टमा निवेदन लिएर आउन भनेको बताए । उनले यसबारेमा नगरपालिकाले पनि बुझ्ने र प्रहरीलाई अनुसन्धान गर्न भनेर पत्र पठाएको बताए ।  उनले याे समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको एक बैठकमा  पनि माैखीक जानकारी गराएकाे बताए   ।

लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले केही दिनअघि संस्थाका एक जना सेवाग्राही बचत रकम लिन आउँदा पैसा नभएको बैंक खाताको चेक दिएको भन्दै गुनासो गर्न वडा कार्यालयमा आएका र संस्थामा गएर कुरा गर्दा केही दिनपछि खातामा पैसा भएको बैंकको चेक दिने सहमती गराएर फर्किएको बताए । अहिले फेरि अध्यक्ष र प्रवन्धक नै कार्यालय बन्द गरेर सम्कर्कविहीन भएको भनी कर्मचारी गुनासो गर्न आइपुगेका वडाध्यक्ष कार्कीले बताए ।

बचत उठाउने कर्मचारी अध्यक्ष र प्रवन्धक भाग्नुभयो भन्दै वडा कार्यालयमा आएको र संस्थाको कार्यालय रहेको घरका घरधनीले पनि ५/६ महिनादेखिको घरभाडा नदिएको भनी गुनासो गरेको डाध्यक्ष कार्कीले बताए  । संस्थाका अन्य पदाधिकारी को–को हुन भन्ने केही खुल्न नसकेको उनकाे भनाइ छ  ।  याे सहकारीका कारण सेवा गरीरहेका सहकारीहरूकाे पनि बदनाम भएकाे र यस प्रकारको घटनामा अनुगमन तथा नियमन हुन सकेन भने अरु पनि यस्ता समस्या आउन सक्ने उनले बताए ।

लालबन्दी नगरपालिकाको सहकारी शाखाले यस सहकारी संस्था नगरपालिकाभित्र क्रियाशील रहेको भनी अहिलेसम्म कुनै रेकर्ड लिएर कोही नआएको जनाएको छ । साबिक डिभिजन सहकारी कार्यालयले सहकारी संघसंस्था हेर्ने जिम्मेवारी स्थानीय पालिकालाई दिएपछि लालबन्दी नगरपालिकाभित्रका ३८ वटा सहकारी संस्था नवीकरण गर्न आएका छन् ।
यता यस विषयमा हालसम्म कसैले उजुरी नगरेकाे र उजुरी परेकाे खण्डमा बचतकर्ताकाे पैसा लिएर सम्पर्कविहीन भएका अध्यक्ष र प्वन्धककाे खाेजी कायर् हुने जिल्ला प्रहरी कायार्लय सर्लाहीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending