Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

बचतकर्ताको चारकरोड बढी रकम लिएर सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन

खबरडबली संवाददाता

सर्लाही । बचतकर्ताको चारकरोड भन्दा बढी रकम लिएर सर्लाहीको लालबन्दीको एक सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका छन् ।  सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका हुन् ।

संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रवन्धक रवीना रायमाझी गएको सोमबारदेखि सम्पर्कविहीन भएका सहकारीका कर्मचारीहरुले बताएका छन् । संस्थाका अध्यक्ष प्रवन्धक सम्पर्कविहीन भएपछि सहकारीका समस्यामा परेको भन्दै वडा कार्यालय र नगरपालिकामा पुगेका छन् ।

त्यसमाथि बचतकर्ता रकम माग गर्दै सहकारीमा पुग्न थालेपछि आफुहरु केगर्ने भन्ने कुरामा अन्योलमा परेको कर्मचारी एलिसा कुमारी लायो मगरले बताईन् । उनले अध्यक्ष र प्रवन्धक मोवाइल अफ गरेर सम्पर्कविहीन भएपछि आफूहरु समस्यामा परेको बताईन् । दुवै जना १६ गतेदेखि कोही कर्मचारीसँग सम्पर्कमा नहुँदा सहकारीको बचत रकम लिएर भागेको भन्दै बचतकर्ताहरु बचतको रकम लिन आई रहेको उनको भनाई छ  । उनले प्रश्न गर्दै भनिन्–‘हामीले कहाँबाट पैसा ल्याएर दिने ?’

लालबन्दी ७ मा प्रधान कार्यालय रहेको यस सहकारीले हरिवन र हरिपुरमा पनि कर्मचारी राखेर बचत उठाउँदै आएको थियो । संस्थाका अध्यक्ष दासले संस्थामा राखेको आफ्नो व्यक्तिगत कागजात १६ गते राति लिएर गएको सीसी टिभी फुटेजमा देखिएको र  लालबन्दीमा रहेको दासको  फर्निचर पसल समेत १६ गतेदेखि नखुलेको स्थानीयले बताएका छन् । १६ गते राति नै दासले पसलबाट समान उठाएर लगेको आफुहरुले देखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लालबन्दीमै कोठा भाडामा लिएर बस्ने प्रवन्धक रायमाझी पनि सोही दिनदेखि बेपत्ता भएकी छन् । अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएपछि अप्ठेरोमा परेका कर्मचारी बिहीबार दिउँसो लालबन्दीस्थित सहकारीको कार्यालयमा जम्मा भएका थिए ।

लालबन्दी कार्यालयमा ४ जना, हरिपुरमा २ जना र हरिवनमा १ जना कर्मचारी राखेर संस्थाले व्यापारी, व्यवसायी तथा स्थानीयहरुसँग बचत उठाउँदै आएको थियो । कर्मचारीका अनुसार संस्थामा बचतकर्ताहरुको ४ करोड बढी रकम बचत रहेको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरु आज आफूलाई भेट्न आएका र ती कर्मचारीलाई एकमुष्टमा निवेदन लिएर आउन भनेको बताए । उनले यसबारेमा नगरपालिकाले पनि बुझ्ने र प्रहरीलाई अनुसन्धान गर्न भनेर पत्र पठाएको बताए ।  उनले याे समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको एक बैठकमा  पनि माैखीक जानकारी गराएकाे बताए   ।

लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले केही दिनअघि संस्थाका एक जना सेवाग्राही बचत रकम लिन आउँदा पैसा नभएको बैंक खाताको चेक दिएको भन्दै गुनासो गर्न वडा कार्यालयमा आएका र संस्थामा गएर कुरा गर्दा केही दिनपछि खातामा पैसा भएको बैंकको चेक दिने सहमती गराएर फर्किएको बताए । अहिले फेरि अध्यक्ष र प्रवन्धक नै कार्यालय बन्द गरेर सम्कर्कविहीन भएको भनी कर्मचारी गुनासो गर्न आइपुगेका वडाध्यक्ष कार्कीले बताए ।

बचत उठाउने कर्मचारी अध्यक्ष र प्रवन्धक भाग्नुभयो भन्दै वडा कार्यालयमा आएको र संस्थाको कार्यालय रहेको घरका घरधनीले पनि ५/६ महिनादेखिको घरभाडा नदिएको भनी गुनासो गरेको डाध्यक्ष कार्कीले बताए  । संस्थाका अन्य पदाधिकारी को–को हुन भन्ने केही खुल्न नसकेको उनकाे भनाइ छ  ।  याे सहकारीका कारण सेवा गरीरहेका सहकारीहरूकाे पनि बदनाम भएकाे र यस प्रकारको घटनामा अनुगमन तथा नियमन हुन सकेन भने अरु पनि यस्ता समस्या आउन सक्ने उनले बताए ।

लालबन्दी नगरपालिकाको सहकारी शाखाले यस सहकारी संस्था नगरपालिकाभित्र क्रियाशील रहेको भनी अहिलेसम्म कुनै रेकर्ड लिएर कोही नआएको जनाएको छ । साबिक डिभिजन सहकारी कार्यालयले सहकारी संघसंस्था हेर्ने जिम्मेवारी स्थानीय पालिकालाई दिएपछि लालबन्दी नगरपालिकाभित्रका ३८ वटा सहकारी संस्था नवीकरण गर्न आएका छन् ।
यता यस विषयमा हालसम्म कसैले उजुरी नगरेकाे र उजुरी परेकाे खण्डमा बचतकर्ताकाे पैसा लिएर सम्पर्कविहीन भएका अध्यक्ष र प्वन्धककाे खाेजी कायर् हुने जिल्ला प्रहरी कायार्लय सर्लाहीले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending