पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री रहेका छन् ।
०७९ माघ १५ गते काहुँखोलामा ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते उनलाई दोषी ठहर गरेको थियो । उनलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको छ । धरौटीमा रिहा भएका उनी अदालतबाट दोषि ठहर भएपछि फरार थिए ।
क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
पोहोर माघ १५ गते काहुँखोलामा एक महिलाले आफैंलाई पेट्रोल छर्केर आगो लगाएको खबर फैलिएको थियो । घटनालाई ‘आत्मदाह’ देखाउन घटनाका बखत उपस्थित रहेका क्षेत्रीले आफैंलाई पनि आगो लगाएका थिए ।
त्यतिबेला क्षेत्रीले ती महिलाले आफैंलाई आगो लगाउँदै गर्दा देखेको र बचाउन जाँदा आफूलाई पनि आगो लागेको बयान दिएका थिए । घटनामा घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । क्षेत्री संगीताकै घरमा भाडामा बस्ने गर्दथे ।
घाइते सापकोटाले उपचारकै क्रममा ज्यान गुमाइन् भने घाइते क्षेत्री निको भए । तर, सापकोटाका आफन्तले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनी पक्राउ परेको डीएसपी विकले जानकारी दिए ।
क्षेत्रीलाई जिल्ला अदालतले सुरुमा धरौटीमा रिहा गरेको थियो । त्यसपछि बाहिर आएका उनी फरार थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: