Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य

खबरडबली संवाददाता

बागलुङ  ।  अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ ।

आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घण्टा हिँडे पुगिन्छ । छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रुपमा स्थापित बन्दै गएको छ ।

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदरमा शून्य छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन् ।     

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी ब्यथा लाग्नु अगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृशिशृ मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए ।

हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृशिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो ।   

स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए । अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन् । तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौँ तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्याउनुका साथै स्वास्थ्य सम्बन्धि सचेत पनि गराइरहेको छ । 

“स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन् । यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्”, स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने । उनका अनुसार गाउँपालिकाले वडा नं १ को बोङ्गादोभान, वडा नं ३ को तमान, वडा नं ५ को खुङ्खानी र वडा नं ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालन गरिरहेको छ । 

छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथ नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताए । पहिले जनचेताको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको उनको भनाइ थियो । अहिले महिलाले अस्पतालमा बच्चा जन्माउने गरेकाले घरमा सुत्केरी हुनेहरु शून्यमा झरेको उनले जानकारी दिए ।  

“पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ । गाउँका महिला दिदीबहिनी पनि सचेत बन्दै जानुभएको छ । अहिले उहाँहरुमा बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ । गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्छन् । स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौँ”, छन्त्यालले भने । पहिले घरमै सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले मातृशिशु मृत्युदर पनि बढी भएको उनको भनाइ थियो ।     

स्थानीय मनकुमारी रसाइलीले घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको बताए । भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पुर्याउने गरेकामा अहिले त्यो स्थिति नरहेको उनको भनाइ थियो ।   

डोकामा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताए । “पहिलेपहिले गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे । गाउँमा अस्पताल पनि थिएनन् । अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्”, उनले भने, “पहिला कोहीलाई सुत्केरी व्यथा लागेमा डोकामा बोकेर दिनभरि हिँडालेर अस्पताल पुर्याउनुपथ्र्यो । यसरी अस्पताल लैजाँदा कतिपयले बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएका छैनन् ।”   

छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन् । बर्थिङ सेन्टर छवटै वडाका नागरिकका लागि पायकपर्ने स्थानमा छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्यचौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताए ।     

गाउँपालिकाले वडा नं ६ को नर्जाखानी, ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिरहेको उहाँले जानकारी दिए ।

“हामीहरु सुरुआती दिनदेखि नै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवनरक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ । कोही पनि नागरिक सामान्य उपचारका लागि दिनभरि लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ”, अध्यक्ष बुढामगरले भने, “स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौँ ।”

स्वास्थ्य संस्था तथा परामर्श केन्द्र सञ्चालनमा आएसँगै यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending