Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य

खबरडबली संवाददाता

बागलुङ  ।  अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ ।

आधादशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घण्टा हिँडे पुगिन्छ । छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रुपमा स्थापित बन्दै गएको छ ।

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृशिशु मृत्युदरमा शून्य छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन् ।     

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी ब्यथा लाग्नु अगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृशिशृ मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए ।

हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृशिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो ।   

स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए । अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन् । तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौँ तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्याउनुका साथै स्वास्थ्य सम्बन्धि सचेत पनि गराइरहेको छ । 

“स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन् । यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्”, स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने । उनका अनुसार गाउँपालिकाले वडा नं १ को बोङ्गादोभान, वडा नं ३ को तमान, वडा नं ५ को खुङ्खानी र वडा नं ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालन गरिरहेको छ । 

छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथ नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताए । पहिले जनचेताको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको उनको भनाइ थियो । अहिले महिलाले अस्पतालमा बच्चा जन्माउने गरेकाले घरमा सुत्केरी हुनेहरु शून्यमा झरेको उनले जानकारी दिए ।  

“पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ । गाउँका महिला दिदीबहिनी पनि सचेत बन्दै जानुभएको छ । अहिले उहाँहरुमा बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ । गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्छन् । स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौँ”, छन्त्यालले भने । पहिले घरमै सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले मातृशिशु मृत्युदर पनि बढी भएको उनको भनाइ थियो ।     

स्थानीय मनकुमारी रसाइलीले घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको बताए । भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पुर्याउने गरेकामा अहिले त्यो स्थिति नरहेको उनको भनाइ थियो ।   

डोकामा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताए । “पहिलेपहिले गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे । गाउँमा अस्पताल पनि थिएनन् । अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्”, उनले भने, “पहिला कोहीलाई सुत्केरी व्यथा लागेमा डोकामा बोकेर दिनभरि हिँडालेर अस्पताल पुर्याउनुपथ्र्यो । यसरी अस्पताल लैजाँदा कतिपयले बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएका छैनन् ।”   

छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन् । बर्थिङ सेन्टर छवटै वडाका नागरिकका लागि पायकपर्ने स्थानमा छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आमनागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्यचौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताए ।     

गाउँपालिकाले वडा नं ६ को नर्जाखानी, ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिरहेको उहाँले जानकारी दिए ।

“हामीहरु सुरुआती दिनदेखि नै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवनरक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौँ । कोही पनि नागरिक सामान्य उपचारका लागि दिनभरि लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ”, अध्यक्ष बुढामगरले भने, “स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौँ ।”

स्वास्थ्य संस्था तथा परामर्श केन्द्र सञ्चालनमा आएसँगै यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending