Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भयावह बन्दै बालबालिकाको आत्महत्या

पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन् । यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

यो वर्षको ९ महिनामा मात्रै ७९५ जना बालबालिकाले आत्माहत्या गरेको तथ्याङ्क रहेको छ ।
यो वर्ष २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।

२०७५/७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन् भने ०७६/७७ मा २५२  बालक र ४०९ बालिकाले आत्महत्या गरेका छन् ।

यसैगरी ०७७/७८ मा २९४ बालक र ४७० बालिका र ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६  बालिकाले आत्महत्या गरेका छन् । हरेक वर्ष यसरी बालबालिकाहरूले मृत्यु अँगाल्नु गम्भीर विषय हो। अभिभावकले आफ्नो कुरा नबुझिदिए वा वास्ता नगरे, गालीगलौज गरे‚ पारिवारिक झै झगडा भइरहेका कारण बालबालिकाले आत्महत्याको बाटो रोजेको देखिन्छ। 

बालबालिकाहरूलाई हुर्काउनु बुबाआमाको कर्तव्य मानिन्छ । तर, उनीहरूको हुर्काइ र बढाइमा बाबुआमाहरूको मात्र हात हुँदैन । एक बच्चा युवास्थामा पुग्ने क्रममा धेरै व्यक्तिहरूको हात हुन्छ ।

भोलि हाम्रा बालबालिकाको कस्ता हुन्छन् असल वा खराब ? सही मार्ग सम्हाल्छ वा गलत भन्ने कुरा बुबाआमा, परिवार, विद्यालय तथा समाजको सामूहिक प्रयत्नको प्रतिफल हो। कुनै एक व्यक्तिको प्रयत्नले मात्र एक बच्चाको सम्पूर्ण हुर्काइ वा बढाइमा पूर्णता आउन नसक्ने विज्ञहरूकाे भनाइ छ ।

इन्टरनेटमा भिडियो गेमको लत अहिलेको बालबालिकाको मूख्य समस्या रहेकाे हाे। ‘गेमिङ डिसअर्डर’समेत बालबालिकामा देखिन थालेको छ।  अनलाइन गेमकै कारण खानपान, निद्रा र सामान्य व्यवहारमा समस्या आउन थालेका छन्। ​

बालरोग विशेषज्ञ डा.अरूण न्यौपाने अभिभावकले बालबालिकामाथि राख्ने बढ्दो अपेक्षा रोक्नुपर्ने बताउँछन् । अपेक्षा पूरा गर्न नसक्दा आउने मानसिक आघातले बालबालिकामा आउने हिनताबोधबारे बुबाआमाहरू जानकार हुनुपर्ने उनको भनाइ छ।

यसैगरी  डा. महेश गौतम पनि बच्चाहरूमा पनि प्रतिस्पर्धाको मानसिकता बढ्दै गएको र अब्बल हुने कि खुशी हुने भन्ने विषयमा बच्चाहरूलाई सिकाउनुपर्ने बताउँछन्। प्रविधिको विकासले बालबालिकामा भनेको चिज भनेको बेला पाउनैपर्छ भन्ने  मानसिकता बनाइसकेकाे उनकाे भनाइ छ । यस्तो अवस्थामा चाहेको चिज नपाउँदा निराशामा गइहाल्ने परिस्थिति बनेको र यो गम्भीर समस्या भएकाे उनले बताए । पारिवारिक कलह, हिरोइज्मको विकास, नैतिक शिक्षाको अभाव जस्ता कुराले बालबालिकामा हुर्काइका तरिका फेरिएको डा. न्याैपानेकाे बसझाइ छ ।

१३ वर्षदेखि १८ वर्षसम्मका हरेक बच्चाहरूको यति धेरै अधैर्य बन्छन् कि उनीहरू कुनै काममा आफ्नो असफलतालाई आफू कमजोर महशुस गर्छन्। जब कमजोर महशुस हुन्छ, त्यसवेला उनीहरू नजिकका मान्छेको साथ  खोज्छन् । साथ  र भरोसा नपाउँदा उनीहरू जुनसुकै कदम चालिहााल्ने उनले बताए ।

आफूले आफैँलाई सिध्याउने काम आत्महत्या हो। यस क्रममा कोही मर्छन्। केही घाइते हुन्छन् । आत्महत्या गर्नुको प्रमुख कारण मनमा अत्यधिक पीडा हो ।  आत्महत्याका कारण फरक–फरक भए पनि अन्ततस् मानसिक तनाव र अधैर्य नै हो।

आत्महत्याका सबै कारण निराशा मात्र पनि नभएको उनीहरूले बताए। कतिपय बच्चाहरूले घुर्की लगाउने नाममा छतबाट हाम फाल्ने, सिलिङमा पासो लगाउने तथा विष सेवन पनि गरिदिने घटना पनि घट्ने गरेको बताउँछन् ।

मनोविश्लेषक वासु आचार्य बालबालिकाको आत्महत्या रोक्ने प्रकारका पाठ्यपुस्तक निर्माण गर्नुपर्ने बताउँछन् । नैतिक शिक्षाले मात्र पुगेन । मनोविज्ञान शिक्षा चाहियो। सन् २०३० सम्म यहाँ तीन जनामा एक मनोपीडित देखा पर्छन् । त्यसैले विशेषगरी कक्षा ९ र १० मा मनोविज्ञान शिक्षाको कोर्स राख्नुपर्छ । योभन्दा साना कक्षामा पनि राख्नुपर्छ । त्यस्तै, सरकारले बालबालिकाका लागि सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । यसो गरे बालबालिकाको आत्महत्याको घटनामा कमी आउने उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

जेन्जी आन्दोलनमा कारागारबाट फरार कैदीको लुटधन्दा, सुन पसलमा गोली प्रहार

रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending