Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कांग्रेस नेताहरू आन्तरिक छलफलमा लाग्दा कार्यसम्पादन समिति बैठक सर्यो

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसको  कार्यसम्पादन समिति बैठक सरेको छ । नेताहरु आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक अपराह्न ४ बजे सानेपामा बस्ने गरी तय भएकोहो ।

बैठकमा भाग लिन सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, जीवन परियार, बद्री पाण्डे, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र परराष्ट्र मन्त्रीसमेत रहेका एनपी साउदलगायत सानेपा पुगेका थिए।

बैठक सरेको जानकारी पाएपछि केसी, साउदलगायतका नेताहरु सानेपाबाट निस्किएका छन् । आइतबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी भएर कांग्रेसले राष्ट्रिय सभामा १० सिट लिने सहमति गरेपछि सभापति देउवासहित नेताहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेका छन्।

सभापति देउवाको निवास धुम्बाराहीमा नेता शेखर कोइरालासहित छलफल भईरहेको नेताहरुले बताएका छन् ।  छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखकलगायत नेताहरु रहेका छन् ।

कांग्रेस संस्थापनइतर समूहले कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । 
यता  केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्ला र प्रदेशबाट उम्मेदवारका लागि सिफारिस भएकाहरू उपस्थित भएका छन् । साथै कांग्रेसका प्रदेश सभापतिहरू पनि केन्द्रीय कार्यालयमा पुगेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको  छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचनामा लाग्याे डाेजर

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले यह...

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending