Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

निर्वाचनमा पराजितहरु पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिर्दै

भागबन्डा मिलाएर हरुवाहरूको अखडा बन्दै राष्ट्रिय सभा

मनोज भट्टराई

काठमाडौं । माथिल्लो सदनका रुपमा लिईने राष्ट्रियसभामा दलहरूले हरेक समय जस्तै यो पटकपनि जनमत नपाएका हरुवाहरूलाई उम्मेदवार बनाएका छन् । विगतदेखि नै दलहरूले हरुवाहरुको भर्ति केन्द्र जस्तै बनाएका राष्ट्रियसभामा पछिल्लो निर्वाचनमा पनि उस्तै हर्कत देखाएका हुन् ।

हरेकदलहरुले निर्वाचनमा पराजितहरुलाई पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिराउन लागेका छन् । सोमबार भएको माथिल्लो सदनमा जाने उम्मेदवारको मनोनयनमा केही हारेका नेताहरूले मनोनयन गराएका छन्  । यसबाहेक संसदीय चुनावमा टिकट दिन नसकेको, पार्टीभित्रको गुट उपगुटको सन्तुलनका लागि आश्वासन दिएर थमथमाइएकाहरू राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट पटकपटक चुनाव हार्दैआएका कृष्ण सिटौला कोशीप्रदेशबाट उम्मेदवार बनेका छन् । २०७४ र २०७९ मा लगातार चुनाव हारेका कृष्ण सिटौला गत वर्ष चुनावमा पराजित हुनेबित्तिकै राष्ट्रपतिको दौडमा पनि सामेल हुन अनेक तिकडमबाजी गर्न कस्सिएका थिए । त्यो प्रयास पनि असफल भयो । अन्ततः प्रतिनिधिसभामा चुनाव हारेको १३ महिनामै उनी राष्ट्रिय सभाको जित्ने निश्चित जस्तै उम्मेदवार बने ।

संविधान निर्माणका बेला संविधान मस्यौदा समितिको नेतृत्व गरेका सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा ३ बाट हारेका थिए । उनलाई दुवैपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । तर, आम निर्वाचनमा पराजित उनी पाँच वर्ष नपुग्दै जस्केलाबाट संसद्मा छिर्दैछन्  । उनको उम्मेदवारीको पार्टीबाटै विरोध भइरहेको छ । तैपनि राष्ट्रिय सभाको अध्यक्ष पनि उनी नै हुने निश्चित जस्तै भएको  छ ।

सत्ता गठबन्धनले सिटौलाजस्तै दुर्गा पौडेललाई पनि राष्ट्रियसभामा मनोनीत गर्ने तयारी गरेको छ । उनी राष्ट्रिय जनमोर्चाकी पूर्व सांसद हुन् । अघिल्लो प्रतिनिधिसभा चुनावमा उनलाई प्युठानबाट एमाले नेता सूर्य थापाले हराएका थिए । गठबन्धनकी उम्मेदवार रहेकी उनलाई एमालेका थापाले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । प्रतिनिधि सभामा पराजित भएर फेरि मनोनीत सिटमै राष्ट्रियसभा छिर्ने तयारी भएपछि उनको सबैतिर आलोचना सुरू भएको छ ।

गठबन्धनकै जनता समाजवादी पार्टीले आफूले पाएको एक सिटमा हारेकै उम्मेदवार बनाएको छ । पूजा चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् । उनी जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।

यसेैगरी गठबन्धनकै माओवादी केन्द्रले पनि चारचार पटक जनप्रतिनिधि बन्न नसकेकी पर्वतकी मनरुपा शर्मालाई उमेदवार बनाएको छ । उनी २०६४ देखि निरन्तर प्रत्यक्ष तथा समानुपातिक उमेदवार बन्दै आएकी नेतृ हुन । २०६४ मा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भएकी उनलाई नेकपा (माओवादी केन्द्र)ले २०७० को दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को प्रदेशसभा चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । उनी पनि यो पटक जस्केलाबाट छिरेर सांसद बन्दै छन् ।

चुनाव हारेर पाँच वर्ष पर्खिन नसक्नेमा प्रमूख प्रतिपक्षी एमालेका पनि उम्मेदवार रहेका छन् ।  मतभार हेर्दा एमाले लगभग नजित्ने अवस्थामा छ । तैपनि उसले फेरि हराउन अघिल्लो पटक पराजित व्यक्तिलाई छानेको छ । महिला क्लष्टरमा टिकट पाएकी संझाना देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।

२०७७ असोज १ गते तत्कालीन नेकपा र प्रधानमन्त्री ओलीले २०७४ मा चुनाव हारेका र धेरै पटक सांसद मन्त्री भएका बामदेव गौतमलाई राष्ट्रियसभामा लगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्य मनोनीत गरेर विधि र पद्धतिको शासनको उपहास भए लगतै चुनाव हारेकै नारायणकाजी श्रेष्ठ सोही पदमा पुगे । २०७४ सालमा गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएपछि श्रेष्ठको सांसद बन्ने प्रयास असफल भएको थियो ।  दुवै नेताले २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय भोगेका थिए । श्रेष्ठ त अहिले गृहमन्त्री नै छन् । 

आफ्ना मान्छे नियुक्त गर्ने नाममा सधैँ अवसर पाएका त्यो पनि जनमतबाट अस्वीकृत नेतालाई मात्र अवसर दिनुले विधि र पद्धतिको अवमूल्यन  भएकाे छ । यहाँ नियुक्त गर्ने नेताको मात्र होइन, नियुक्ति लिन जाने नेताको नैतिकतामा पनि क्षय भएको छ । उनीहरू जनताको लागि लायक हुँदैनन् । किनकि उनीहरू जनमतबाट नभई पावर र पहुँचबाट त्यहाँ पुगेका हुन् । 

नेताहरूकै यस्तै कार्यशैलीका कारण माथिल्लो सदनमाथि तल्लो व्यवहार देखिएको कतिपयको तर्क छ । यही कारण लोकतान्त्रिक गणतन्त्रमाथि वर्षने तिखा तिखा प्रश्नहरू आउन थालेका छन्  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending