Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी

खबरडबली संवाददाता

लुम्बिनी ।  रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद छन् । उनको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उनी यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थालेका छन् । 

राष्ट्रियसभाको सांसदको रुपमा रहँदा दसौदी विभिन्न अनुभव वटुल्ने अवसर प्राप्त गरेको बताउँछन् । “जनप्रतिनिधिले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुरा रहेछन्, त्यो अनुभूत गर्ने अवसर प्राप्त भयो”, उनले भने ।

राष्ट्रियसभामा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने सांसद दसौदीले बताए । सबै पार्टीले त्यस्ता व्यक्तिलाई स्थान दिनुपर्ने उनमकने जेड छ । “राष्ट्रियसभामा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व अहिले नै होला भन्ने विश्वास छैन”, सांसद दसौदीले भने ।

राष्ट्रियसभामा जनताको आवश्यकताअनुसारको प्रतिनिधित्व हुन नसकेको उनको ठहर छ । “संसद् कानुन बनाउने थलो हो । तर यहाँ देश र जनताका पक्षमा आवश्यक कानुन बनाउने कार्य प्राथमिकतामा परेको छैन”, सांसद दसौदीले भने । आफ्नो कार्यकालमा एउटा मात्र विधेयक राष्ट्रियसभाबाट पारित भएको उनले बताए । सरकारले विधेयक ल्याउन नसकेको नेता दसौदीको गुनासो छ ।

रोजगारको व्यवस्था गर्ने तथा आयआर्जनको उपायबारे सरकारको ध्यान जान नसकेको सांसद दसौदी बताउनुहुन्छ । नीति निर्माण गर्न सरकारको पटक्कै ध्यान नपुगेको उनको गुनासो छ । “राष्ट्रियसभामा जनताका मुद्दा सम्बोधन गरिनु पर्छ”, उनले भने ।

“राष्ट्रियसभा विभिन्न विधेयकबारे छलफल गर्ने र निर्णय लिने ठाउँ हो । सरकारको विरोध र समर्थनका कुरा पनि बेला बेलामा भइरहन्छन् । अन्तिममा विधेयक पारित भने सर्वसम्मत गर्ने गरिएको छ । यो नै राष्ट्रियसभाको चरित्र हो”, सांसद दसौदीले भने ।

राष्ट्रियसभामा हरेक क्षेत्रका विज्ञ तथा राजनीतिभन्दा फरक हिसाबले सोच्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ ।  “म राष्ट्रियसभामा आएपछि यस अवधिमा आएका विधेयकबारे आफ्नो सुझाव राखे । संसदमा सक्रियरुपमा सहभागिता जनाए”, नेता दसौदीले भने ।

उनको अनुभवमा प्रतिनिधिसभामा समझदारी र सहकार्य भन्दा पनि बहुमतको आधारमा निर्णय गर्ने गरेको पाइयो । यस्तो अवस्थामा देश र जनताको हितमा हुने गरी कानुन नबन्न पनि सक्ने उनको बुझाइ छ ।

जनताको अपेक्षा जनजीविकाका सवाल, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत भए पनि उल्लेख्य सुधार हुन नसकेको सांसद दसौदीले बताए । “यस विषयमा राष्ट्रियसभामा कुरा उठाए । त्यहाँ जति तर्क बहस गरे पनि उल्लेख्य उपलब्धि हासिल भएको जस्तो लागेन”, उनले भने ।

जनताका अपेक्षा असीमित भएकाले तिनलाई सम्बोधन गर्न सकिने जति एउटा जनप्रतिनिधिको हिसाबले सक्दो प्रयास गरेको नेता दसौदीले बताए । जनताका अपेक्षालाई प्राथमिकता निर्धारण गरेर सदनमा उठाउने तथा कानुन निर्माणमा सक्रिय भएको उनके भनाइ छ । 

“जनतामा निराशा र असन्तुष्टि हुनु स्वभाविक हो । यद्यपि जनताले खोजेको विकास र समृद्धिका लागि सरकार तथा संसद प्रयासरत रहनुपर्छ”, सांसद दसौदीले भने । हुर्कँदै गएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयताप्रति जनताको अविश्वास र असन्तुष्टि देखिएको उल्लेख गर्दै उहाँले यसतर्फ सबै दल र जनप्रतिनिधिको ध्यान जानुपर्ने उनले बताए ।

दलका नेताहरुले आफ्ना क्रियाकलाप सच्याउनुपर्ने सांसद दसौदीको सुझाव छ । समृद्धिका लागि उत्पादन मुख्य कुरा भएको उल्लेख गर्दै उनले उत्पादनलाई प्राथमिकता नदिए मुलुक समृद्ध हुन नसक्ने बताए ।

पर्यटन क्षेत्रको पूर्वाधार विकास, ऊर्जा र जलस्रोतको पूर्वाधार निर्माण गरेर विद्युत् व्यापार बढाउने, उद्योग कलकारखानामा सहज विद्युत् आपूर्तिसँगै औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने, जलस्रोतमा लगानी गरी सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउने तथा खनिज पदार्थको उत्खननजस्ता कार्यमा सरकारले ध्यान दिए मात्र मुलुक समृद्ध हुने नेता दसौदीको बुझाइ छ ।

“राजनीति नितान्त सेवा हो । तर यहाँ धेरैले यसलाई पेसाको रुपमा लिएका छन् । यसलाई सेवाको रुपमा ठानेर देश र जनताको सेवामा समर्पित हुने तथा देश बनाउन लाग्नुपर्ने हुन्छ । तबमात्र देश बन्छ”, सांसद दसौदीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending