काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले २८ औं जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता आयोजना गर्ने भएको छ । वाइसिएलको उपभोक्ता हकमित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा वृहत वक्तृत्वकला प्रतियोजिता आयोजना गरेको हो ।
वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागिले बढिमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्ने वाइसिएलका सचिव उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।
डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धीमा केन्द्रित रहेर बोल्नुपर्ने वाइसिएलले जनाएको छ ।
आयोजक विभाग प्रमुख ढकालले भिडियो आगामी माघ १० गतेभित्र पठाइसक्नु पर्ने बताएका छन् । ती भिडिओलाई वाइसिएलले फेसबुक पेजमा राख्ने र माघ २८ गते दिउसो १२ बजेसम्म आएका लाईक, कमेन्ट सेयर र भ्युजको आधारमा बिजेता उपबिजेताहरुको टुंगो लगाईने ढकालले जानकारी दिए ।
यद्यपी निर्णायक मण्डलले सहभागी वक्ताको विषय वस्तु उठान,बोल्ने शैली र अन्य क्षमतालाई समेत मुल्यांकन गरेर अन्तिम नम्बर दिइने उनले बताए । भिडिओको लाईक,कमेन्ट, भ्युज र सेयरको ५० प्रतिशत मुल्यांकन हुनेछ भने बिषयबस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मुल्यांकन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाउने वाइसिएलले जनाएको छ । सहभागीमध्येबाट प्रथम हुनेलाई ३० हजार नगद र प्रमाणपत्र दिइने र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने ढकाले बताए ।
प्रतिस्पर्धीहरुले पठाएको भिडियो आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिने र सोहि पेजको आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिजेतलाई पुरस्कार र प्रमाणपत्र दिइने सचिव ढकालले बताए ।
प्रतियोगितामा निम्न गुगल फर्म मार्फत सहभागि हुन सकिने आयोजकले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...
पौष ६ गते, २०८२ - १०:१५
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...
पौष ६ गते, २०८२ - १०:००
बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...




प्रतिकृया लेख्नुहोस्: