Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको हो। निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो, जसमा तोकिएको अवधिभित्र एक सय राजनीतिक दलले निवेदन दिएका छन्।

समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ। बन्दसूची पेस गर्दा समानुपातिक प्रणालीअन्तर्गत तोकिएको समावेशी कोटा अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा २०६८ सालको जनगणनाअनुसार समावेशी कोटा निर्धारण गरिएको थियो। तर यसपटक भने २०७८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरिएको छ। यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरेको हो।

राष्ट्रपतिबाट गत शुक्रबार जारी अध्यादेशअनुसार अब राजनीतिक दलहरूले २०७८ सालको जनगणनाका आधारमा तय गरिएको समावेशी कोटाअनुसार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ।

प्रतिनिधि सभामा कुल २७५ सदस्य रहनेछन्, जसमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ। समानुपातिकतर्फका ११० सिटका लागि बन्दसूची पेस गर्दा समावेशी कोटाअनुसार उम्मेदवार समेटिनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमा उम्मेदवारी दिँदा खस–आर्य ३३, आदिवासी जनजाति ३२, मधेशी १८, दलित १५, थारू ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्नेछ। समग्र उम्मेदवारमध्ये ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ।

निर्वाचन आयोगले प्रारम्भिक बन्दसूची आगामी माघ ४ गते प्रकाशन गर्ने तालिका तय गरेको छ। प्रारम्भिक सूचीमाथि दाबी, विरोध तथा उजुरीको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिनेछ।

यता प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक

दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...

यही गतिमा जनमत बढ्दै जाने हो भने कांग्रेस एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...

रास्वपाको नागरिक करारपत्र सार्वजनिक, भ्रष्टाचार नियन्त्रण, दलीयकरणको अन्त्य गर्न जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...

उज्यालो नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको प्रतिबद्धतासम्म

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...

एक हप्तामा १२३ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...

टी–२० विश्वकपबाट नेपाल बाहिरियो, वेस्ट इन्डिज सुपर आठमा

काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...

महाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...

ओली घरदैलोको लागि झापामा: बालेन केहिसमयपछि आउँदै, सुरक्षा व्यवस्था कडा

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE