Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

खबरडबली संवाददाता

झापा ।  जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । 

झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले  बताए ।  “पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मङ्सिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उनले भने, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हूल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।”

छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने उनले बताए । बस्तीतिर छावासँगै हात्तीको हूल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ । मोरङको बेलबारी र पथरी नजिक बेतना सिमसार रहेको वन क्षेत्रमा पनि हात्तीले छावा जन्माएको छ । स्थानीयवासीले हात्तीको नवजात छावा देखेर वन कार्यालयमा जानकारी दिएका छन् ।

वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जङ्गलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गरे । उनले भने, “कोशी टप्पु वन्यजन्तु आरक्षका प्राविधिकहरुले जङ्गलभित्र हात्तीको बच्चा देखे ।” मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको उनले बताए ।

हात्ती संरक्षणमा सक्रिय अभियन्ता शङ्कर लुइँटेलले झापाको जङ्गलमा विगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताए । उनले २०६४ सालमा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफूले देखेको बताए ।

झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूखबिरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जङ्गल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरेले बताए । प्रजननका लागि रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्दछ । अहिले छावा जन्मिएको झापाको सुकेडाँगी वन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त रहेको छ । जलथल जङ्गल पनि हात्तीको प्रजननका लागि उपयुक्त मानिन्छ । 

वन डिभिजन कार्यालय प्रमुख राईका अनुसार गत कात्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ वटा हात्तीमध्ये २७ वटा यसैसाता भारत फर्किएका छन् । झापाको जङ्गलमा ३० वटा हात्ती रहेका छन् । भारतको आसामबाट नेपालको कोशी टप्पुसम्म जङ्गली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जङ्गल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको लगभग एक सयको बथान बेलाबेला नेपाल आउने गरेको छ ।

विगतमा बढीमा १५ दिन डुलेपछि फर्किने गरेका हात्ती यसपाली अढाइ महिनादेखि नेपालभित्रै रमाइरहेका छन् । झापा, मोरङ र सुनसरीमा यिनै हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको छ । वन डिभिजन कार्यालयका प्रमुख घिमिरेले बेलबारी, पथरी र केराबारीस्थित चारकोशे वन क्षेत्रमा डुलिरहेका नौ वटा हात्तीको एउटा बथान भारततिरै फर्किएको सूचना पाएको बताए । 

हात्ती फर्किएको वा नफर्किएको भन्ने जानकारीका लागि वन कार्यालयले स्थानीयवासीले दिने सूचनालाई आधार मान्ने गरेको छ । हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बाहुनडाँगी क्षेत्रबाट चाहिँ हात्ती फर्किएको जानकारी नपाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending