काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो ।
जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरु यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिए । उनले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताए ।
पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गरे । “स्थानीय स्रोत साधनबाट पनि राम्रा र बलिया घरहरु बन्छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ”, उनले भने, “घर कसरी बलियो र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ । जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पु¥याउनुपर्छ ।”
प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुङ्गाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताए । उनले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिए । तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ ।
“जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुङ्गा प्रयोग भएको पाइएको छ । जहाँ खानीका ढुङ्गा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देनिन्छ । जहाँ गोला ढुङ्गा प्रयोग भएका छन् त्यहाँ क्षति बढी भएको छ”, पोखरेलले भने । भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उनले बताए ।
प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताए । “इन्टरलकिङ्का इँट्टका घरहरु २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो । अहिले ती घर सुरक्षित छन् । गोला डुङ्गाका घर भने भूकम्पीय जोखिममा छन्”, उनले भने, “त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: