काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन् ।
सोमबार दिउँसो नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘तपाईहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ। जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठूलो संशय थियो। तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्।’’
प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे । उनले भने, ‘‘यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ। बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो हाम्रा लागि खुसीको कुरा हो। तसर्थ उत्साही भएर काम गरौँ।’’
उनले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ५ गते, २०८१ - ०७:३८
काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...
आश्विन ५ गते, २०८१ - ०७:३५
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। शुक्रबार नेपाल पञ्चांग निर्णायक विकास समितिले सूचना जारी ग...
आश्विन ५ गते, २०८१ - ०७:३१
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रह...
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
प्रतिकृया लेख्नुहोस्: