काठमाडौं। सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो ।
कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । कमेडी जनराको चलचित्र ुखजुरे ब्रोु धरानमा चर्चित व्यक्ति ुखजुरे ब्रोु को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए।
चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताईन्। चलचित्रको छायाँकन एकदमै राम्रो भईरहेको पनि नीतिले बताईन्।
कार्यक्रममा बोल्दै रेयर राईले ुखजुरे ब्रोु शिर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए। कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए।
नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन सुरु भई सकेको छ । केहि दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ।
दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुनेछ ।
चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा।लि।को रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: