काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अलपत्र रहेका २७ विकास आयोजनामा दबाब मुलक पैदल यात्रा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बसेको केन्द्रीय कमिटीको बैठकले अलपत्र रहेका विकास आयोजनामा पैदल यात्रा गर्ने कार्यक्रमको ढाँचा र मिति तय गर्न ६ सदस्यीय कार्यदल बनाएको छ।
जसमा श्रीराम न्यौपाने, विपिनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटवाल र खुस्बुसरकार श्रेष्ठ रहेका छन्।
रास्वपाले दबाब यात्रालाई ‘मिसन—८०’ बताउँदै पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडक खण्डमा पैदल हिँडेको थियो। अब हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गअन्तर्गतका केही हिस्सादेखि कालिगण्डकी करिडोर, अलपत्र अवस्थामा रहेको कमला पुल, काठमाडौं तिनकुनेको बागमती पुल, ग्वार्को फ्लाइओभरदेखि धरहरासम्म निर्माण छिटो सक्न दबाब यात्रा गर्ने भएको छ।
त्यस्तै बैठकले प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ। पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको पार्टीका महामन्त्री मुकुल ढकालले बताएको छन्।
केन्द्रीय विभागहरूलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको पनि ढकालले बताए।
रास्वपाको अर्थ नीति विभागले सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे सुभाव दिने भएको छ। बुधबारको बैठकका प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरू उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले जानकारी गराएको ढकालले बताए।
समितिलाई माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरून्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको पनि उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: