काठमाडौं । पूर्वी पहाडका केही ठाउँहरुमा हल्का वर्षा भएको छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गा केही स्थानमा हल्का वर्षा भएको हो ।
कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै एक–दुई दिन हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ । महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।
आज काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
यस्तै, जुम्ला, जोमसोम, डडेल्धुरा, जिरी लगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री, जोमसोमको माइनस चार दशमलव छ डिग्री, डडेल्धुराको ३ दशमलव ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्रीमा झरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: