कैलाली । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनमा पुरानो शिलालेख फुटाएर नयाँ राख्दै पुनः दोस्रो पटक उद्घाटन गरिएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटन गरेका हुन् ।
भवन २० महिनाका बीचमा दोस्रो पटक उद्घाटन गरिएकोमा चौतर्फी आलोचनासमेत भएको छ । दोस्रो पटक भवन उद्घाटनको तयारीसँगै नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले विरोध गरेका थिए । एमालेले त नगरपालिका कार्यालयसमेत घेराउ गरेर नाराबाजी समेत गरेको छ ।
एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले २०७८ चैत १४ गते भवन उद्घाटन गरेका थिए । कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले आज भवनको उद्घाटन गरेपछि नगरपालिकामा तनाव सिर्जना भएको छ। घेराउ र नाराबाजीका बीच पनि नगरप्रमुख भट्टले भवन उद्घाटन गरेका छन् ।
२० महिनाकै अन्तरमा दोस्रोपटक भवन उद्घाटन गरीएपछि यतिबेला नगरपालिका कार्यालय आसपासमा तनाव भएको बताइएको छ । यस विषयमा नगर प्रमुख भट्ट सँग जिज्ञासा राख्दा उनी भने केही बोल्न चाहेनन् । मेयर भट्टले पुरानो शिलालेख फुटाएर नयाँमा आफ्नो नाम समेत राखेका छन् ।
एसियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: