Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मानव बेचबिखनमा संलग्न तामाङ ३३ वर्षपछि पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।  ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङकाे साबिक सेमजोङ गाविसका-८ हाल मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

३३ वर्षदेखि फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए । ती महिलालाई तामाङले २०४७ साल चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर बेचबिखन गरेको आरोप थियो। त्यसयता तामाङ फरार भएका थिए।

पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्‍याएका थिए।

तामाङले त्यहीँको एक घरमा पुर्‍याएर दुई जनाको जिम्मामा छोड्दै आफू भोलि आउने भन्दै फर्किएका थिए। तर, उनी आएनन्। तामाङले ती दुई जना भारतीयबाट १० हजार भारु लिएर महिलालाई बेचेको खुलेको छ।

ती भारतीयले महिलालाई रिक्सामा राखेर लैजाने क्रममा हाम्फालेर नजिकको प्रहरी सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले काँकडभिट्टामा ल्याएर छोडिदिएको थियो।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको छ। तामाङलाई अदालतबाट मानव बेचबिखन मुद्दामा थुनामा राख्न अनुमति लिइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending