Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

खबरडबली संवाददाता

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् ।

रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र तर शारदाले अहिले व्यावसायिक रुपमा नै साग खेती गरेकी छन्। उनको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उनलाई साग खेतीमा आकर्षण भएको हो ।

“चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,” उनले भनिन् ।

गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । ‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,” उनले भने, “भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।”

गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । “किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च ग¥यौँ, करोड बराबरको खर्च भएको छ,” उनले भने गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ ।

“कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीतभण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो,” स्याङबो भन्छन् “शीतभण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोेलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।”

गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताए ।

पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा  एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उनले बताए। सागमा किसानलाई आकर्षित गराउन उत्पादकत्वका विषयमा जानकारी गराउन जरुरी रहेको बताउँदै उनले एक रोपनी क्षेत्रफलमा कुन कृषि उपज कति फल्छ भनेर तुलना गर्ने हो भने साग अत्यन्तै फाइदाजनक खेती भएको बताए। “उत्पादनका हिसाबले श्रम, बजार मूल्य सबै हिसाबले साग फाइदाजनक छ । सबै किसानको साग किनिदिने अवस्था छैन, क्रमशः त्यो स्थितिमा हामी पुग्छौँ,” उनले भने ।

पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ । “एक वडा एक सहकारीमार्फत यसको व्यवस्थापन हुुन्छ । प्रोडक्सन ग्रुप सहकारी सदस्य हुनेछ । सदस्यले उत्पादन गरेका कुरा सहकारीले किनिदिने छ र त्यो प्लान्ड सरकारले बनाएर सहकारीलाई ह्यान्डओभर गर्नेछ र त्यहाँ चै उत्पादित वस्तुको प्रशोधन गरेर बजारीकरण गरिन्छ,” उनले भने।

“बजारमा कपडा किन्न जाने मान्छे राम्रो गुणस्तरको कुन छ भनेर ब्रान्ड खोज्न सुरु भइसक्यो । अब हरेक उपभोक्ताले हरेक उपभोगीय सामानको ब्रान्ड खोज्ने बेला आएको छ । हामीले खानेकुरा पनि ब्रान्डको हुन जरुरी छ । खानेकुरालाई ब्रान्ड बनाएर बिक्री गर्न सकेनौँ भने हाम्रा सबै किसान एक दिन पलायन हुन्छन्,” अध्यक्ष स्याङबोले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending