बागलुङ । पछिल्लोे दुई वर्ष छ महिनामा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । यस समयमा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनाको कारण भने अव्यवस्थित ग्रामीण सडक बनेको छ ।
साँघुरा र अप्ठेरा सडकमा दैनिक सयौँ सवारी तथा मालबाहक गाडी गुड्ने गर्छन् । वर्षौं अगाडि ट्रयाक खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन सकेको छैन । जिल्लामा तीन वटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । त्यसमध्ये मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको करिब आठ किलोमिटरबाहेक अन्य सबै कालोपत्रे भएको छ । कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेका छैन ।
यी सडकमा दैनिक यात्रु जोखिम मोलेरै यात्रा गर्ने हुँदा दुर्घटना हुने गरेको छ । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक नियमलाई कडाइका साथ लागू गरे पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । गाउँमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदासमेत दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक प्रमुख मीनबहादुर खड्का साँघुरा सडक र चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताउनुहुन्छ । अहिले जिल्लाका केही बजारी क्षेत्रबाहेक धेरै ठाउँमा ट्राफिक प्रहरीको पहुँच न भएको उहाँको भनाइ छ ।
“दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ”, प्रमुख खड्काले भन्नुभयो, “कहिलेकाहीँ काँचो चालकले गाडी चलाउँदा पनि दुर्घटना भएको छ, भने कहिले मदिरा सेवन गरी चलाउँदा घटना हुने गरेका छन्, हामीले सचेत गराउने काम गरिरहेका छौँ, यात्रु, चालक र सडक प्रयोगकर्ता सबैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गरी दुर्घटना न्यूनीकरणका लागि काम गरेका छौँ ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुर्घटना हुनबाट जोगाउनका लागि पालिकाले अप्ठेरा र साँघुरा सडकलाई स्तरीकरण गरिरहेको बताउनुभयो । पछिल्लो सडक सुधार भएपछि तमानखोला क्षेत्रमा दुर्घटनामा कमी आएको उहाँको भनाइ छ । अहिलेसम्म तमानखोला क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन हुन सकेको छैन । बढी गाडीको चाप हुने ठाउँमा सवारी जाँच गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आव २०७८/०७९ मा २९ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते भएका थिए । आव २०७९/०८० मा ३२ सवारी दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । चालु आवको हालसम्म आठ वटा सवारी दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । जसमा १९ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीले हरेक वर्ष राजस्व पनि बढाउँदै आएको छ । आव २०७८/०७९ मा रु ६९ लाख ९८ हजार पाँच सय, आव २०७९/०८० मा रु एक करोड १८ लाख १० हजार सङ्कलन गरेकोमा चालु आवको हालसम्म रु ६७ लाख ३४ हजार पाँच सय सङ्कलन गरेको प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व सङ्कलन हुने आँकलन गरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: