Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन ९नाम०को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताए । 

साे क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ । दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ ।’

नेपालले आफ्नो विकास प्रयासमा धेरै चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले  अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे । नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पारे । उनले भने– “असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।”

शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्ने जनाउँदै उनले विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ नेपालीको जीवन पद्धति बनेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “यी मूल्य, मान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।”     

नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ भन्दै प्रधानमन्त्री प्रचण्डले  युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताए । मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको उनले बताए  ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending