चितवन । सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन् ।
चितवन क्षेत्र नम्बर दुई बाट निवार्चित सांसद समेत रहेका लामिछानेले बचत कर्ताको सुरक्षा राजनीतिक दलका रुपमा जनप्रतिनिधिका रुपमा र जिम्मेवार व्यक्तिमा रुपमा प्राथमिकतामा रहेको बताएका छन् ।
रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दावी थियो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सहकारीको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । ‘सरकारबाट अनुमती लिएका सहकारीहरुमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने ‘यसको समाधान राजनीतिक रुपमा गर्नुपर्दछ।’
यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभिका प्रवन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् । कस्को संरक्षणमा जिबि राईलाई समात्न किन सकिएन? भन्ने पत्रकारको प्रश्नमा लामिछानले राज्यका कारण समात्न नसकेको उत्तर दिएका छन् ।
‘समात्न सरकार लाग्नुपर्यो हामी सघाउन तयार छौँ । जो संग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ', उनले भने । उनले आफू डेढ बर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसंग समेत भेट गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: