Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कोशीका मुख्यमन्त्रीको सम्पत्ति २५ तोला सुन र ८ लाख मात्रै

श्रीमतीको नाममा अस्वाभाविक जग्गा, मुख्य बजारमै सात ठाउँमा घडेरी

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सम्पती सम्पत्ति २५ तोला सुन र ८ लाख नगद रहेको सम्पत्ति विवरण सार्वजनिक भएकोे छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मूख्यमन्त्रीको सम्पती विवरणमा २५ तोला सुन र ८ लाख नगद देखाइएको  हो । 

तर, मूख्यमन्त्री कार्कीको जग्गा जमिन भने अस्वाभाविक देखाइएको  भएपनि भएको जग्गा जमीन सबै  मुख्यमन्त्री कार्कीले श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् । मूख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा मोरङ बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख रहेको छ ।

सात ठाउँमा रहेको जग्गा  मूख्यमन्त्री भएपछि  हरायाे चार ठाउँकाे

बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेस गरेका भएपनि मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेस गरेका हुन् ।

उनले एक खेतीयाेग्य जमिन रहेको पनि विवरणमा उल्लेख छ । वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाइएको छ । मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत रहेकी छन् ।

कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख गरिएको छ । १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् ।

उनकाे सम्पती विबरणमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको उल्लेख गरीएकाे छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । 

यस्तै उनले सवारी साधनमा श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।

कति छ त मुख्यमन्त्री केदार कार्कीको सम्पत्तिः

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending