Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

शक्ति केन्द्रको दबाब र प्रभावमा निर्माण कम्पनी म्याद थप्दै, छ वर्ष सम्म पनि बनेनन् चक्रपथका तीन आकासे पुल

कुल निर्माण लागतको २० प्रतिशत रकम बुझे पनि काम भने शून्य

खबरडबली संवाददाता

काठमाडौं । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि सो खण्डका तीन आकासे पुल अलपत्र भएका हुन् । 

कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको अहिलेसम्म काम नै सुरु भएको छैन । तर, शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ ।

चक्रपथमा प्रस्तावित बल्खु, महालक्ष्मीस्थान र सानेपामा निर्माण गर्नुपर्ने आकासे पुलको काम अलपत्र परेको छ । बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयअगाडि जग खनिएको चार वर्ष भइसकेको छ तर थप काम अगाडि बढ्न सकेको छैन । आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बिते पनि काम सुरु हुन नसकेको हो ।

बल्खुको आकासे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जन–पूर्णचण्डी निर्माण कम्पनीसँग संयुक्त सम्झौता भएको थियो । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार ८२५ रुपैयाँ रहेको छ । यस पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए ।

त्यसै गरी महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि महर्जन–पूर्णचण्डी–ड्रामा निर्माण कम्पनीसँग चार करोड ३२ लाख ४३ हजार ६२९ रुपैयाँको लागतमा २०७४ असार २८ गते सम्झौता संयुक्त  भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ गतेसम्म रहेकोमा यसको पनि तीन पटक म्याद थप गरी २०८० चैत मसान्तसम्म पुर्याईएको छ ।

त्यसै गरी चक्रपथको सानेपामा आकासे पुल निर्माणका लागि महर्जन–पूर्णचण्डी–सप्तम् निर्माण कम्पनीसँग २०७४ असार २८ गते संयुक्त सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण सम्पन्न गर्ने सुरुको अवधि २०७५ असोज २८ गतेसम्म रहेकोमा तीन पटक म्याद थप गरी २०८१ असार मसान्तसम्म रहेको चव्रmपथ सुधार आयोजनाका इन्जिनियर सिंहले जानकारी दिए । यस पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार ४२५ रुपैयाँ रहेको छ ।

यी तीनवटै आकासे पुलको ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले ‘साइट मोबिलाइजेसन’ स्वरूप कुल निर्माण लागतको २० प्रतिशत रकम पुल महाशाखाबाट बुझिसकेको छ । यसअघि चीन सरकारले कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा सम्झौता अनुसारको आकासे पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

आमनागरिकले सुरक्षित र सहज रूपमा चक्रपथको वारपार गर्न पाओस् भन्ने उद्देश्यसहित प्रत्येक एक–एक किलोमिटरमा आकासे पुल निर्माण गर्ने योजनासहित सो आकासे पुल निर्माण सुरु गरिएको हो । आठ लेन चौडाइको सो सडकमा सवारीसाधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकासे पुलको आवश्यकता भएको भन्दै विभागले थप स्थानमा आकासे पुल निर्माण अघि बढाएको हो । 

चीन सरकारले चक्रपथको सो खण्ड विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको दुई वर्षपछि आकासे पुल निर्माण सुरु गरिएको थियो । चीनले २०७५ माघ १४ गते चक्रपथको कोटेश्वर–कलङ्की खण्ड हस्तान्तरण गरेको थियो ।

यसैबिच काठमाडौँ महानगरपालिकाले कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजार, कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पताल अगाडि (महारागन्ज), गङ्गालाल अस्पताल (बाँसबारी) अगाडि, अकासे पुल निर्माण गर्ने योजना गत आर्थिक वर्ष २०७८७९ मा समावेश गरे पनि त्यसको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बजेटमा प्रतिपुल एक करोड रुपैयाँ रकमसमेत विनियोजन गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending