Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

फाइल तस्विर
खबरडबली संवाददाता

बागलुङ । गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो । 

सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताए । 

हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै स्थानीयले करिब दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोकेर उपभोग गर्दै आएको थापाको भनाइ छ  । नजिकै रहेको पानीको मुहान सुक्दै गएपछि टाढा रहेको कुवाबाट पानी बोकेर ल्याउनुपरेको उनले बताए । गुम्बा आउने पर्यटक र स्थानीयलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि एक जना कामदार राखेको उनले बताए । 

“यो क्षेत्रमा पहिलेदेखि नै खानेपानीको अभाव थियो, अहिले पनि हलहल क्षेत्रमा बढी समस्या छ, यहाँ बौद्ध गुम्बा छ, पर्यटक आउँदा पानी पिउन दिन नसकिने अवस्था छ, अहिले गुम्बा क्षेत्रका स्थानीय आकाशे पानीको भरमा छन्, पिउनका लाग एक घण्टा टाढा कुवाबाट गाग्रीमा ल्याउनुपर्छ”, थापाले भने “दिनभरि पानी बोक्नका लागि एक जना मान्छे राखेका छौँ, सरकारले मुहान संरक्षण गरेर नजिकै पानी ल्याउने योजना बनाएको छ, मुहान संरक्षित भयो भने धेरै सहज हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले यहाँ पानीको मुहान संरक्षणसँगै विभिन्न ठाउँमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने स्थानीयसमेत रहनुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बताए । यस वर्ष जैमिनी नगरपालिका–३ को दमेक, काठेखोला गाउँपालिका–७ रेश, बागलुङ नगरपालिका–११ रायडाँडा र वडा नम्बर ९ को तित्याङ, वडा नम्बर ८ को सिगाना र वडा नम्बर १० को भकुण्डेका सामुदायिक वनलाई रिचार्ज हुने गरी चारवटा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने मन्त्री थापाले जानकारी दिए ।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय मिटर उचाइमा रहेको हलहल क्षेत्रमा पानीको मुहान संरक्षण गर्नका लागि अध्ययन गरेको मन्त्री थापाको भनाइ छ । पछिल्लो समय वन जङ्गलमा पानीको मुहान सुक्दै गएपछि धेरै ठाउँमा खानेपानीको हाहाकार हुने र जङ्गलका बोटबिरुवा मर्ने समस्या देखिएको उहाँले बताए । वन संरक्षण गर्ने नीतिअनुसार यस वर्ष प्रदेश सरकारले ११ वटै जिल्लामा ‘रिचार्ज पोखरी’ निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरेको उनको भनाइ छ ।

मन्त्री थापाले भने, “वन, जङ्गल संरक्षण गर्ने दायित्व हाम्रो हो, पानीको मुहान सक्दै जाँदा अहिले धेरै ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, वन जङ्गलमा वन्यजन्तुले पानी पिउन नपाउँदा गाउँ झर्न थालेका छन्, त्यसले गर्दा जङ्गलको बीच–बीचमा ‘रिचार्ज पोखरी’ निर्माण गर्दा वन्यजन्तुले प्रसस्त पानी पिउन पाउँछन्, पानीका मुहान संरक्षण हुन्छन् र जङ्गलको संरक्षण पनि हुन्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending