Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पटक–पटक मिति सर्दा पनि कांग्रेसको महासमिति प्रतिनिधि छनोटमा ढिलाइ

खबरडबली संवाददाता

काठमाडौं । पटक–पटक मिति सारेर बैठक पछाडि धकेलिएको कांग्रेसको नीति अधिवेशन बैठकका प्रतिनिधि छनोटमा ढिलाइ भएको छ । नेपाली कांग्रेसको नीति अधिवेशन गर्ने गरी हुन लागेको महासमिति बैठकका प्रतिनिधि छनोटमा ढिलाइ भएको हो ।

पटक–पटक मिति सारेर बैठक पछाडि धकेलिए पनि प्रतिनिधि छनोट अझै सम्पन्न हुन सकेको छैन । कांग्रेस महासमिति बैठकको मिति तीनपटक सरिसकेको छ । पछिल्लो पटक राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर ७ देखि १० फागुनसम्म पुर्‍याएको छ ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १५ का लागि महासमिति बैठक तय गरेको थियो । त्यसपछि मंसिर २९ देखि २ पुस हुँदै  पुस १६ देखि १९ को मिति तय भएको थियो । माथि उललेखित मितिहरुमा बैठक बस्न नसकेपछि अब फागुन  ७ देखि १० गतेको लागि मिति तय भएको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अझै ३५ स्थानबाट प्रतिनिधि छनोट हुन बाँकी रहेका छन् । निर्वाचन समितिका अनुसार भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँचीबाट महासमिति सदस्यको विवरण आउन बाँकी रहेको छ ।

समयमा प्रतिनिधि छनोट हुन नसकेपछि २० माघसम्मलाई म्याद थप गरिएको कोंग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार दार्चुलालगायत केही स्थानमा भएको निर्वाचनमा विवाद देखिएको छ ।

नेताहरूका अनुसार महासमिति बैठकमा गठबन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा असर पर्न सक्ने आकलनसहित पछिल्लो पटक बैठक सारिएको बताइएको छ । त्यसअघि रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्पलाई देखाएर बैठक धकेलीएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending